२०८० चैत्र १५ गते बिहिवार

नारायणकाजी र योगेश भट्टराई रामकुमारीलाई भेट्न पुगे अपराध महाशाखा



प्रचण्ड-नेपाल नेतृत्वको नेकपा नेता एवं विघटित प्रतिनिधि सभाकी सांसदर रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य योगेश भट्टराई उनलाई भेट्न पुगेका छन्।

राज्यविरुद्धको कसुरमा निवासबाटै पक्राउ परेकी झाँक्रीलाई भेट्न नेताद्वय श्रेष्ठ र भट्टराई महानगरीय अपराध महाशाखा, मिनभवन पुगेका हुन् ।

झाक्रीको अनुशन्धान चलिरहेको जानकारी प्रहरीले आफूहरूलाई दिएको श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए। ‘हामीले घटनाको विरोध गरिसकेका छौ। यसबारेमा हामी के गर्ने भनेर थप छलफल समेत गरिरहेका छौ,’ उनले भने, ‘साढे चार बजेपछि हामीले विरोध कार्यक्रम समेत गर्छौ ।’

यसअघि, प्रवक्ता श्रेष्ठले पार्टीका तर्फबाट विज्ञप्ति जारी गर्दै संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको गिरफ्तारीले वर्तमान सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको भन्दै झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २०७७ माघ २९ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?