२०८१ बैशाख ३० गते आइतवार

डाेल्पामा हराएका गुम्बाका मुर्ति ब्यवारिसे अबस्थामा बरामद



डोल्पा,३ असोज :

डोल्पा माथिल्लो डोल्पाको एक घरबाट हराएका बुद्धका मुर्तिहरु फेला परेका छन । गत असार ८ गते शे–फोक्सुण्डो गाउँपालिका ४ का लार्जम लामाको घरबाट हराएका ९ वटा साना तथा ठुला बुद्धका मुर्ति,स्तुपा,पुलिक नगद लुटिएका थिए ।

उक्त लुटिएका मुर्ति,स्तुपा प्रहरीले बुधाबार सार्वजानिक गरेका छ । असार ८ गते राति अन्दाजी १२ बजेको समयमा ४/५ जना हतियारधारीको समुहले लार्जम लामाको घरमा राखेका बहुमुल्य मुर्ति,स्तुपा करिब २ महिना पछि डोल्पाबुद्ध गाउँपाकालिका ३ को फोलोङकार्बो भन्ने ठाँउमा ब्यवारिसे अबस्थामा फेला परेका हुन ।

फोलोङकार्बो भन्ने स्थानमा सेतो बोरामा निलो कपडाले छोपेको संकास्पद अबस्थामा भदौ २७ गते घाँस काट्न गएका स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि प्रहरीले नियन्त्रण लिएर हेर्दा हराएका मुर्ति भेटिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक शिब बुढाथोकीले जानकारी दिए ।

डिएसपी बुढाथोकीका अनुसार लुकाएर राखेको बोरामा बुद्ध स्तुपा थान १,धातुको जस्तो देखिने बिभिन्न मुर्तिहरु ७ थान गरी ८ थान ब्यवारिसे अबस्थामा ओडारमा फेला परेको बताए ।

धो प्रहरी चौकिले स्थानीयको रोहबरमा ल्हाछाप गरी ल्याएका मुर्ति,स्तुपा जिल्ला प्रशासन कार्यालय डोल्पामा बुधाबार सार्वजानिक गरिएको हो ।

असार ८ गते राति शे–फोक्सुण्डो ४ बाट हराएका स्तुपा र मुर्तिहरु डोल्पोबुद्ध गाउँपालिका ३ मा ब्यवारिसे अबस्थामा फेला पर्नुले चोरले सुरक्षा चेक पोईन्टहरुबाट जिल्ला बाहिर लिन सक्ने अबस्था नभएपछि लुकाई राखेको र अबस्था सामान्य भएपछि बाहिर लिने तयारी रहेको प्रहरीको निष्कर्ष छ ।

स्तुपा,मुर्ति फेला पर्नु सकारात्मक पक्ष हो तर उपलब्धी हैन अभियुक्त फेला नपरे सम्म प्रहरी निरन्तर लागि रहन्छ तर राजानितिक दल स्थानीयको ठुलो सहयोगको खाँचो रहेको डिएसपी बुढाथोकीले बताए ।

प्रहरीले ब्यवारिसे फेला पारेका मुर्ति,स्तुपा मध्य ६ वटा शे–फोक्सुण्डो गाउँपालिका ४ लार्जम लामाको भएको भनि लार्जम लामाकी छोरी बर्ष ३६ की पेम्बा पुटिक लामाले सनाखत गरिदिएको र अन्य दुई मुर्ति कुन गुम्बाका हुन भन्ने बारे अनुसन्धान भई रहेको प्रहरी नायव उपरिक्षक शिब बुढाथोकीले जानकारी दिए ।

डिएसपी बुढाथोकीका अनुसार फेला परेका मुर्ति कानुनी प्रकृया अनुसार पुरातत्व बिभागमा पठाएर प्रमाणित हुने भएकोले थप अनुसन्धान गरिने बताए ।

माथिल्लो डोल्पामा सुरक्षा ब्यवस्था नभएको कारण सयौ बर्ष पुराना बहुमुल्य मुर्तिहरु चोरी हुने गरेका छन ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?