
रामचन्द्र न्याैपाने,
डाेल्पा १२ भदाै : डाेल्पामा सञ्चालित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काे दाेस्राे बिस्तारित बैठककमा कार्यकर्ताले चर्काे असुन्तुष्टि पाेखेकाछन् ।
डाेल्पाका स्थानीय तहमा निर्वाचित वडा सदस्य,अध्यक्ष, पालिकाका अध्यक्ष देखि सांसद मन्त्रीले कार्यकर्ताकाे आवश्यकता,चाहाना र मर्म अनुसारकाे काम नगरेकाे भन्दै असुन्तुष्टि व्यक्त गरेकाहुन ।
पार्टीका स्थायी कमिटी सदस्य काली बहादुर मल्ल,तीन महिने अभियानमा डाेल्पा जिल्ला इन्चार्जकाे जिम्मेवारी पाएका नर बहादुर बिष्ट,कर्णाली प्रदेश सरकारका मन्त्री उर्मिला विश्वकर्मा,प्रदेश सांसद तथा पुर्व मन्त्री वीर बहादुर शाही लगायत जिल्ला नेतृत्व,पालिकाका अध्यक्ष,वडाध्यक्ष सहितकाे उपस्थितिमा आफ्ना भनाई राख्दै माओवादी कार्यकर्ताले वडासदस्य देखि मन्त्रीसम्मका पार्टीका जनप्रतिनिधिहरु पार्टीकाे साझा हित भन्दा व्यक्तिगत स्वार्थपूर्तितर्फ लागेकाे आराेप लगाए ।
पार्टीकाे मुल मर्म ,कार्यदिशा श्रमजीवी,सर्वहाराकाे आवाज बाेकेर हिँड्नु पर्ने जिल्ला देखि केन्द्रसम्म जितेपछि वास्तविक धरातल भुलेकाे उनिहरुकाे भनाई छ ।
समावेशी,समानुपातिक,धर्मनिरक्षता दशबर्षे जनयुद्धको उपलब्धि भएपनि पछिल्लो समयमा सर्वहाराकाे पार्टी नेता कार्यकर्ता पुँजी बटुल्नमा लागेकाे डाेल्पाली कार्यकर्ताकाे असुन्तिष्टि छ ।
त्यतिमात्र नभई जिल्लाबाट जितेर गएका सांसद मन्त्रीले कार्यकर्ताकाे गुनासै सुन्न नचाहाने र संसद छिरेपछि फाेननै नउठाउने काम गरेकाे कार्यकर्ताकाे आराेप छ ।
यस अघि वडा तहबाट,पालिका तहबाट,जिल्ला तहबाट पठाइएका विकास याेजाहरुकाे लिष्टहरु सांसद मन्त्रीहरुलाई बेवास्ता गरेर आफू अनुकुलका याेजना किन छनाेट गरेकाे भन्दै प्रश्न गरे ।
कर्णाली प्रदेश सभा सदस्य बिरबहादुर शाहीले जिल्लामा सडक,सञ्चार,विद्युत,विद्यालय भवन लगायतकाे थुप्र काम गरेपनि प्रचारप्रसार नभएको बताए ।
उनका अनुसार पार्टीका कार्यकर्ताले पनि यसरी फाेरममै कुरा राख्नु जायज भएवनि बाहिर गएर पार्टी प्रति विभिन्न टिकाटिप्पणी गर्नु गलत भएकाे बताए ।
त्यसैगरि पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सरकारका उर्जा,जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वर्माले पार्टी र सरकारका आ आफ्नै उदेश्य हुने भएपनि समन्वय गरेरै अगाडि बडेकाे बताइन् ।
जिल्लाका नेतृत्व कार्यकर्ताबाट फाेन नउठ्ने गुनासाे आउनु जाएज भएकाे बताइन् ।व्यस्तताका कारण फाेन उठ्न नसकेको उनकाे भनाइ छ ।
तालुक मन्त्रालयले दशवटै जिल्लामा बजेट व्यवस्थापन गर्नुपर्दा आफ्नाे जिल्लामा कार्यकर्ताकाे माग अनुसारकाे बजेट व्यवस्थापन गर्न नसकिएको बताईन् ।
बैठकका प्रमुख अतिथि तथा पार्टीका स्थायी कमिटी सदस्य काली बहादुर मल्लले माओवादीले वर्गीय मुक्तिकालागि हिजाेदेखिनै लड्दै गएको बताए ।
उनका अनुसार नेतृत्वले अहिले स्पष्टीकरण दिने समय नभएकाले कसरीहुन्छ तीन महिने अभियानलाई सफलपार्न एक ढिक्का भएर लाग्नुपर्ने बताए ।
तिन महिने अभियानका डाेल्पा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य नर बहादुर बिष्टले स्थानीय तह र प्रदेश तहका जनप्रतिनिधिकाे अन्तरबिराेधकाे समीक्षा गरेर आत्मलाेचना गरिएको बताए ।
हिजाे कुनैबेलाका माओवादीले धाँमी,झाँक्री लगायत अन्धविश्वासलाई निमिठ्यान्न परेपनि अहिलेका माओवादी प्राय धामी र साडी लगाउने भएकाे बताए ।
अब माओवादी पार्टीका नेतृत्वहरु तीन महिने अभियान अन्तर्गत प्रत्येकका घर घरमा पुगेर कमिकमजाेरीलाई सुधार्नु बाहेक अरु विकल्प नरहेको उनकाे भनाइ छ ।
याे अभियानमा जनताका खास समस्या के छन् सबै टिपाेट गरेर ल्याउनुपर्ने उनले बताए ।
आगामी चुनावमा नयाँ पुरानाे हाेइन जसले जनताकाे मन जित्छ उसैले टिकट पाउने उनकाे भनाइ छ ।अब याे बेला एमाले काङ्ग्रेसले गरेका ठुला भ्रष्टाचारका कान्डलाई जनतामाझ छर्लङ्ग पार्नुपर्ने बताए ।
याे तीन महिने अभियानमा आफुले पुर्ण रुपमा जिम्मेवारी कार्यन्वयन गरेरमात्र फर्किने उनकाे भनाइ छ ।
आजकाे पुर्ण बैठकले पार्टीकाे तीन महिने अभियानलाई कसरी सञ्चालन गर्ने भन्ने कुरामा दिशानिर्देश पनि गरेकाे जिल्ला संयाेजक धर्मजित बाहाेराले बताए ।
याे अभियानले आगामी चार बर्षपछि आउने चुनावमा जिल्ला एक नम्बर पार्टी बनाउन सहयोग गर्ने उनकाे भनाइ छ ।




