
रामचन्द्र न्यौपाने,
डोल्पा ३ असार : कर्णाली प्रदेश सरकारका दुई मन्त्री हिमाली जिल्ला डोल्पा आइपुगेका छन् ।
जारी आर्थिक बर्षमा कार्यन्वयन भएको विकास योजनाहरुको छिटफुट अनुगमन,सम्भाब्यता अध्ययन,जनगुनासा संकलन उर्जा जलस्रोत तथा सिँचाई मन्त्री उर्मिला विश्वकर्मा र भुमि व्यवस्था कृषि तथा सकहारी मन्त्री भिमप्रकाश शर्मा डोल्पा पुगेकाहुन् ।
मन्त्री विश्वकर्मा मन्त्री भएयता पहिलो पटक जहाजबाट गृह जिल्ला पुगेकीहुन् ।
कार्यव्यवस्तताका कारण गृह जिल्ला आउने चाहाँना हुँदाहुँदै पनि यसअघि आउन नसकेको मन्त्री विश्वकर्माले बताइन् ।
“अब केही दिन डोल्पा बस्छु,त्यसक्रमा जनतासँग साक्षात्कार गर्छु, उर्जा, सिँचाईका क्षेत्रमा भएका समस्या बुझने कार्यक्रम छ,मन्त्रालय अन्तर्गत सञ्चालित विकास योजनाको अनुगमन हुन्छ”उनले भनिन ।
यस अवधिमा पार्टीका नेता कार्यकर्ता तथा कार्यालय प्रमुखहरुसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको उनले बताइन् ।
त्यसैगरि मन्त्री शर्माले पनि आजबाट सञ्चालनहुन लागेको सदरमुकाम दुनैमा सञ्चालित किसान तथ्याङ्क सुचिकरण तालिमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
विभिन्न क्षेत्रमा सञ्चालित विकास योजनाको स्थलगत अनुगमन,व्यवसायिक फलफुल तथा पशुपालनको शम्भाव्यता हेर्ने,विभन्न पकेट तथा ब्लगहरुको केहीको अनुगमन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
डोल्पामा धेरै उत्पादनहुने चिनो कागुनो जस्ता रैथाने बाली संरक्षण तथा बजारीकरणकालागि मन्त्रालय लागिरहेको मन्त्री शर्माले जानकारी दिए ।
डोल्पामा उत्पादित फलफुलहरुको बजारीकरणकालागि प्रदेश सरकारले सहयोग गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरे ।
मन्त्रीद्धयले संयुक्त रुपमा कार्यालय प्रमुखहरु सँग छलफल गर्ने कार्यक्रम रहेको समेत बताइएको छ ।
प्रदेश सरकारले १ असारमा बजेट ल्याए लगत्तै मन्त्रीद्धय डोल्पा पुगेकाहुन् ।
अहिले आउनुभन्दा मन्त्रीद्धय प्रदेश सरकारको निति कार्यक्रम तथा बजेट आउनु भन्दा अघि डाल्पा पुग्नु पर्ने जनताको गुनासो छ ।