२०८१ जेष्ठ ५ गते शनिवार

हावाहुरीका कारण डोल्पाका विभिन्न ठाउँका सार्वजनिक भौतिक संरचनामा क्षति!



पुर्ण कुमार

डोल्पा, वैशाख १९

डोल्पामा तीब्र गतिमा लागेको हावाहुरीका कारण सार्वजानिक भौतिक संरचनामा क्षति पुर्याएको छ ।

बुधबार बिहानै देखि तीब्र गतीमा लागेको हावाहुरीले वडा कार्यालय,स्वास्थ्य चौकी र बिद्यालय भवनमा लाखौँ रकम बराबरको क्षति पुर्याएको हो ।

हावाहुरीका कारण जगदुल्ला गाउँपालिका २ काइगाउँमा रहेको स्वास्थ्य चौकीको छाना उडाएको छ ।बिहान ११ बजेतीर चलेको हावाहुरीका कारण स्वास्थ्य चौकीको छाना उडाएको काइगाउका स्थानीय हरिमान थापाले जानकारी दिए ।

छाना उडाएपछि लाखौँ रकम बराबरको क्षती हुनुका साथै स्वास्थ्य चौकीको सेवा प्रवाह समेत प्रभावित भएको उनले बताए ।त्यसैगरी हावाहुरीकै कारण आज नै मुड्केचुला गाउँपालिका वडा नं ५ को वडा कार्यालयको भवनमा समेत क्षति पुर्याएको छ ।तीब्र गतिमा लागेको हावाहुरीले वडा कार्यालय भवनको छाना उडाएको कालिकाका स्थानीय सुरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

एक्कासी चलेको हावाले वडा कार्यालयको छाना उडाएपछि लाखौँको क्षतिहुनुको साथै जनताको सेवा प्रवाहमा समेत समस्या भएको उनको भनाइ छ ।

त्यस्तै हावाहुरीकै कारण त्रिपुरासुन्दरी नगरपालिका ११ मा रहेको कञ्चनजंगा आधारभुत बिद्यालयमा क्षति पुर्याएको छ ।तीब्र गतिमा लागेको हावाहुरीले बिद्यालय भवनको छाना उडाएपछि लाखौँ बराबरको क्षति भएको नगर उप प्रमुख देबी घर्तीले जानकारी दिइन ।

एक्कासी तीब्र बेगमा लागेको हावाले छाना उडाएपछि बिद्यार्थीको पठनपाठन प्रभावितहुनुका साथै खुला चौरमा पढाउनु पर्ने अवस्था आएको स्थानीय मंगल पुनले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?