२०८१ बैशाख ३१ गते सोमवार

डोल्पामा डोजर दुर्घटना,एक जनाको मृत्यु,एक घाइते



रामचन्द्र न्यौपाने
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ मा पर्ने रुम गाउँ नजिकै डोजर दुर्घटना भएको छ ।
सुलिगार्ड देखि फोक्सुण्डो जाने सडक खन्ने क्रममा बुधवार बिहानै करिब ६ बजेतीर भएको दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएकाछन् ।
मृत्युहुनेमा जाजरकोट जिल्ला नलगाड नगरपालिका ११ बस्ने हरिबहादुर सिँहको छोरा बर्ष १७ का हेमराज सिँह रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
सिँहको डोजरमा च्यापियर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेहुनेमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ११ बस्ने बर्ष १५ का एकराज बुढाको हात खुट्टामा चोट लागेकाले मध्यम घाइते भएको डिएसपी पाण्डेले बताउनुभयो ।
उनको हात खुट्टामा चोट लागेकाले उपचारकालागि त्रिपुराकोट तर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।
डोजर अप्रेटर अनमोल सिँह फरार रहेकाले खोजी गर्नुका साथै दुर्घटनाको बिषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
डोजर सडकबाट करिब ३०० सय मीटर तल खसेको थियो ।
डोजर धनी जाजरकोट जिल्ला नलगाड नगरपालिकाका अन्तर्गत पर्ने सिउन बस्ने भिम बाहोरा रहेको बताइएको छ ।

 

प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?