२०८१ बैशाख ३१ गते सोमवार

अन्धविश्वासले अस्ताएका दुई प्राण !

बचाउन हिँडेका ससुराले बुहारी र नातिनिको लास लिएर फर्किनुपर्यो


                   
         


रामचन्द्र न्यौपाने,
डोल्पा १७ मंसिर :
त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ मा पर्ने रसीको माझ गाउँ बस्ने २३ बर्षकी देउरुपा बुढा र सोही गाउँकै २५ बर्षका नरेन्द्र कठायतको एक अर्कामा माया बस्यो ।एउटै गाउँ भएकाले एक अर्काको परिवारमा राम्रोसँग बुझेका उनिहरुको माया एक्कासी बिहेमा परिणत भयो ।दुबै जनाको सहमति अनुसार ०७९ भदौमा हिन्दुसँस्कार अनुसार धुमधामकासाथ बिहे भयो ।पुषमा देउरुपा गर्भवती भइन् ।

नियमित गर्भवती जाँचकालागि त्रिपुरासुन्दरी नगरपालिकामा स्वास्थ्य चौकीमात्र छ ।गाउँसम्म कच्ची बाटो भएपनि नगरपालिकाको केन्द्र भएर जिल्ला अस्पताल पुग्न आउन जान गरेर करिब पाँच हजार खर्च हुन्थ्यो ।त्यसकारण पनि उनि गाउँबाटै तीन घण्टा पैदल हिँडेर जाँचकालागि अस्पताल पुग्थिन ।गाउँ उचाइमा भएकाले झर्न सजिलो भएपनि फकिँदा भने चारघण्टाको उकालो काट्नु पर्छ ।रसीका सबै स्थानीय खाद्यान्न ढुवानी,स्वास्थ्य जाँच लगायतका सम्पुर्ण सरकारी सेवासुविधा लिन यसैगरी सदरमुकाम दुनै पुग्ने गर्दछन् ।गर्भवती र सुत्केरी महिलाकालागि त्रिपुरासुन्दरीमा भन्दा जिल्ला अस्पतालमा दक्ष चिकित्स सहित भिडियो एक्सरे सहितको सुविधा भएकाले सबै जिल्ला अस्पताल पुग्ने गर्दछन् ।समयक्रम सँगै देउरुपाको मायाको निशानी पनि हुर्कदै गयो ।उनि सात महिनाको गर्भवती हुँदा गत असारमा उनि घरमै बिरामी परिन् ।उनको पुरै शरिर सुन्निएको थियो ।ससुरा अमर सिँह कठायतका अनुसार बुहारीको शरीर सुन्निएर भित्र बाहिर गर्नै गाह्रो भयो ।त्यतिबेलानै बर्षभरी आम्दानी गर्ने यार्सागुम्बा संकलन गर्ने सिजन सुरु भएको थियो ।देउरुपाका श्रीमान सहित सबै परिवार यार्साट पाटन गएका थिय ।घरमा देउरुपा सिकिस्त बिरामी परेको थाहा पाएपछि पाटनबाट परिवार घर फर्किए ।यार्सा सिजनामा सबै गाउँलेहरु किरा टिप्न पाटन गएकाहुन्छन्,बुहारीलाई भुत लागेर हो की केही घरको लागोभागो(देवी देउता)हो की भनेर धामि झाँक्रिमा लियौँ उनको ससुरा कठायतले भने ।धामीले धोलो मन्तर सिकाएपछि सञ्चोहुन्छ कि भन्ने आसा थियो तर धामीले लागोभागो केही छैन्,उपचार गर्नपर्ने भनेपछि त्यस लगत्तै उपचारकालागि अस्पताल लग्यौ उनले थपे ।जिल्ला अस्पतालमा अहिले सुत्केरी गर्भवतीकालागि विशेषज्ञ सेवा समेत छ ।तर,देउरुपाको जिल्ला अस्पतालमा समेत उपचार समेतहुन सकेन ।मुटुको समस्या धेरै भएको भन्दै उपचार गर्न नेपालगञ्ज लैजान सल्लाह दिइयो ।त्यसपछि परिवारले पनि त्यसै गरे ।जिल्ला अस्पतालका डाक्टर सल्लाह अनुसार जुफाल विमानस्थलबाट तीनजनाको प्रतिव्यक्ति छ हजार पाँचसय तीरेर नेपालगञ्ज लियौ ।त्यसमा गर्भवती बुहारी उनकी माइतीमा आम र म थियौ ससुराले भने ।एयरपोर्टवाट एम्वुलेन्समा भेरी अञ्चल अस्पताल नेपालगञ्जमा पुर्याइयो ।डाक्टरले चेक गरेपछि उहाँको मुटुको समस्या छ अप्रेसन गर्नुपर्ने बताए ।ससुरालाई बुहारी र बच्चा जोगाउन जस्तोसुको आर्थिक,भौतिक र मानसिक समस्या झेल्नु परेपनि सबै सहने अठोट गरेका थिए ।छोरा सानो र घर बाहिर कतै पनि नगएकाले ससुरा आफै पुगेका थिए ।डाक्टरले अप्रेसन गर्ने सल्लाह दिएलगत्तै देउरुपाकी आमाले डोल्पामा रहेका आफ्ना श्रीमानलाई फोन गरेर डाक्टरले भनेको कुरा बताइन् ।तुरुन्त धामीलाई बसालेर देउता हेराउन लगाउनु भनिन् ।यता आमाले छोरीलाई मानसिक दबाव दिइसेकी रहिछन् ।पहिलेनै अप्रेसन गर्दा गाउँघरमा काम गर्न सकिँदैन् ।फेरी अप्रेसन गरेको ठाउँ फुट्नसक्छ भन्ने डर पनि देखाएकी थिइन् ।पहिलो पटक शहर झरेकी देउरुपा पनि आमाले भने अनुसार अप्रेसन नगर्ने निर्णयमा पुगिन ।यता देउरुपाका बुवाले पनि धामी बसालेर हेराउँदा अप्रेसन नर्गुन भनेछन् ।त्यहि खबर बुवाले उनकी आमालाई गरे ।त्यसपछि त अप्रेसन गर्दै नगर्ने आमा छोरीले अठोट कसिन ।मैले लाख रुपैयाँ खर्च गरेर शहरका ठुला अस्पताल ल्याइसकेकाले जसरीहुन्छ बुहारीको अप्रेसन गरेर ज्यान जोगाउनु पर्ने सल्लाह दिए ।डाक्टरले पनि तुरुन्त अप्रेसन नगरे आमाको ज्यान खतरामा पर्ने बताएका थिए ।तर,आमा छोरीले कसैगरि मानिनन् ।बिरामी र आमालेनै त्यहि भनेपछि डाक्टरको के लाग्थ्यो ।उनलाई फेरी पैसा रिन सापट गरेर दर्जन धेरै गाडी परिवर्तन गर्दै घर फर्काइयो ।डोल्पा पुगेको दुई तिन दिनमै देउरुपालाई सुत्केरीहुने व्यथाले च्याप्यो ।रगत,पानी सँगै बग्न थालेको अमरसिँहले भने ।देउरुपालाई घरबाट फेरि रातारात जिल्ला अस्पतालमै लिइयो ।पहिलेनै रिफर गरेको बिरामी नेपालगञ्ज पुर्याएर पनि उपचार नगरि जिल्लामै ल्याएको देखेर डाक्टर अचम्ममा परे ।बिरामिलाई व्यथाले च्यापिसेको थियो ।अवस्था जटिल भैसकेकाले जिल्लामै सुत्केरी गराउन नसकिने र नेपालगञ्ज वा सुर्खेत लैजानुपर्ने डाक्टरहरुले बताए ।राष्ट्रति हवाइ उद्दार कार्यक्रम अन्तर्गत डाक्टरहरु आफैले हेलिकप्टरको व्यवस्था गरेर सुर्खेत उडाइयो ।त्यसपछि उनलाई उपचारकालागि प्रदेश अस्पताल काला गाउँ लिइयो ।साँझ अप्रेसन भयो । अप्रसेन पछि बच्चा निकालियो ।छोरी रहिछन् ।त्यहाँका डाक्टरहरुले पनि मुटुको ठुलो सस्या रैछ भनेर बताएका थिए सुसारे सँगै गएका ससुराले भने ।बच्चा निकालेको तीन दिन १३ साउनमा बुहारी बितिसकिछिन् ।मलाई थाहा पनि थिएन् ।अस्पतालका डाक्टर आएर आमालाई बचाउन सकिएन् ।पहिलानै नेपालगञ्जमा अप्रेसन गरेको भए ज्यान जोगिन्थयो ।अब बच्चा राम्रो छ ।एन आइसियुमा राखिएको छ ।बच्चा लैजानुहुन्छ वा राख्नुहुन्छ के गर्नुहुन्छ भनेर सोधे ।एउटा स्याहार गर्ने मान्छे सहित बस्नुस ।अझै केही दिन आइसियुमा बच्चा राख्नुपर्छ भनेर डाक्टरले भनेका थिए ।यता आमानै वितिसकेपछि के बच्चामात्रको लागि बस्नु भन्ने लाग्यो ।उता माइती पट्टीले पनि छोरीको लास भएपनि घर पु¥याउन उर्दि जारी गरेका थिए ससुरा अमरसिँहले भने ।त्यसपछि आसियुबाट बच्चा झिक्यौ ।बच्चको स्वास्थ्य अवस्था राम्रो थियो ।तर बसमा छिन्चु नपुग्दै बच्चा बित्यो ।अनि बुहारी र बच्चा बचाएर घर पु¥याउने र खुशीयाली मनाउनु पर्ने बेला दुई दुईवटा लास रातारात दुई दिन लगाएर घर ल्याइयो । १५ साउनमा घर पु¥याएर सतिगति गरियो उनले भने । बुहारी र बच्चा बचाउन सकियो न त पैसा बच्यो एकैपटक सबै सकियो अमरसिँह भक्कानिए ।छोराको पहिलो बिहे अनि परिवारमा रमाउने सपना सबै चकनाचुर भयो ।सायद मैले भन्दा मानेर पहिलो पटक नेपालगञ्जमै अप्रेसन गरेको भए बुहारी जोगाउन त सक्थे होला । डाक्टरले पनि त्यहि भनेका थिए ।पछि आफै सुर्खेत अस्पताल बसेको भए बुहारीको नासो नातिनि जोगाउन सक्थे होला ।तर,घरबाट देउताले अप्रेसन गर्न देखेको छैन् भनेपछि सबै सर्वस्व मेरो सकियो उनले आखाँभरी आँशु पार्दै भने ।गाउँघरमा सामान्य बिरामी पर्दा पनि पहिला देवी देवताका जाने चलनहुन्छ ।यो पटक पनि त्यस्तै भयो उनले थपे ।चारपटक नेपालगञ्ज आवतजावत गर्दा पाँचलाख भन्दा धेरै पैसा सकिएको उनले बताए ।घरमा रोजगार आम्दानीको स्रोत नभएकाले सबै रिन सापट गरेर चलाएको उनको भनाई छ ।कसरी रिन तिर्ने भन्ने कुराले रातभरी पिरोल्ने उनको भनाइ छ ।
अन्धविश्वासका कारण गयो ज्यान
यता जिल्ला अस्पतालका डाक्टर अखण्ड उपाध्यायका अनुसार आफु डोल्पा अस्पतालमा कार्यरत भएदेखि अन्धविश्वासका कारण सुत्केरीले ज्यान गुमाएको पहिलो घटना भएको बताए ।पहिलो पटकनै अस्पताल ल्याउदाँ जाँच गरेर हामिले मुटुमा समस्या देखिएकाले यहाँ सकिँदैन् उपचारकालागि शहरका अस्पताल लैजानु पर्छ भनेका थियौ,घरका धामीले अप्रेसन नगर्नु भनेको भन्दै त्यसै फर्किदा आमा बच्चाको अकालमै ज्यान गयो डाक्टर उपाध्यायले भने ।दोस्रो पटक पनि हेलिकप्टरको व्यवस्था गरेर पठायौँ,समय ढिला भइसकेकाले आशा कमै थियो,पहिलो पटकनै उपचार गराएको भएको आमाको ज्यान जोगिन्थ्यो,अप्रेसन तयारी गर्दा गर्दै अन्धविश्वासले भागेपछि दुईवटा प्राण एकैपटक अस्ताए,यो चेतनास्तरको हिसाबमा देशकालागिनै दुखत कुरा हो ।
डोल्पामा अन्धविश्वासकै कारणले सुत्केरीले ज्यान गुमाउन पर्ने अवस्था छ ।त्यतिमात्र नभई वाल विहाह पनि एक हो ।उहाँहरुसँग पनि गर्भवतीको उमेर खुल्ने कागजातमाग्दा कुनै थिए डाक्टर उपाध्यायले भने ।जहाँसम्म वालविहाह पनि हो जस्तो लाग्छ उनले थपे ।पछिल्लो तिनवर्ष यतामात्रै घरमै पाँच जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएको तथ्याकं रहेको उनले बताए ।सामुदायिक स्वास्थ्य इकाई रसीका स्वास्थ्यकर्मी सुजाता बुढाले अन्ध विश्वासकै कारण एक सुत्केरीले अकालमै ज्यान गुमाएको बताइन् ।गाउँ घरमा सामान्य टाउको दुख्दा पनि धामी कहाँ जाने चलन छ,आजको वैज्ञानिक युगमा पुरानो धर्म,संस्कार,संस्कृति जोगाउनु पर्छ,तर अन्ध भएर ज्यानै जाने गरि विश्वास गर्नु राम्रो होइन् उनले भनिन् ।स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने चेतनास्तर कम भएका कारण पनि गाउँका स्थानीयहरुको सामान्य उपचार नपाएर ज्यान जाने गरेको उनको भनाइ छ ।रसीमा अहिलेसम्म एक दर्जन धेरै गर्भवती र सुत्केरीले अन्धविश्वासका कारण ज्यान गुमाइसकेको अमरसिँह कठायतले बताए ।डोल्पामा व्याप्त अन्धविश्वास भएकाले पनि गर्भवती तथा सुत्केरी महिलाको ज्यान जाने गरेको सरोकारवालाको भनाइ छ ।यसलाई स्थानीयस्तरमानै सचेतनाको कार्यक्रम ल्याएर गाउँ गाउँका स्थानीयलाई जागरुप बनाउनुपर्ने उनिहरुले बताए ।अहिले स्थानीय सरकारलाई धेरै अधिकार छ ।स्वास्थ्य सचेतनाका कार्यक्रमहरु किन चलाउनु पर्छ ।दक्ष स्वास्थ्यकर्मी,पर्याप्त औषधिहरु छ छैन् त्यो ख्याल गर्नुपर्ने उनिहरुको सुझाव छ ।अहिले दुर्गममा राष्ट्रपति हवाइ उद्धार कार्यक्रमले राम्रो सेवा दिएकोे छ ।गत आवमा डोल्पाबाटमात्रै छ वटा गर्भवती तथा सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?