२०८० मङ्सिर २० गते बुधवार

बाँकेका सिडियोलाई डोल्पाली युवाको ज्ञापनपत्र



रामचन्द्र न्यौपाने,
डोल्पा १ असोज: हिमाली जिल्ला डोल्पाका युवाहरुले बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी सिबराम गेलाललाई ज्ञापनपत्र बुझाएका छन् ।
निजि विमान सेवा प्रदायक कम्पनीहरुले नेपालगञ्ज–डोल्पाको हवाई भाडा चर्को उठाउँदै आएकाले भाडा समायोजनको माग गर्दै युवाहरुले ज्ञापनपत्र बुझाएकाहुन् ।
शुक्रबार बिद्यार्थी नेता रेखामान बुढाको नेतृत्वमा गएको डोल्पाली युवाहरुको समुहले जिल्ला प्रशासन कार्यालय बाँकेमै पुगेर ज्ञापनपत्र बुझाएकाहुन् ।
डोल्पासम्म दर्जनौ ठाउँमा गाडी परिवतर्न गर्नुपर्ने कच्ची सडक पुगेपनि भरपर्दो यातायातको साधन हवाई माध्यामनै भएकाले दुर्गमका नागरिकको बाध्यात्मक अवस्थाको फाईदा उठाउँदै एयरलाइन्सहरुले चर्को भाडा उठाइरहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
यस अघि डोल्पा–नेपालगञ्ज र नेपालगञ्ज–डोल्पाको भाडाँ पाँच हजार तीनसय मात्रै भएपनि गरेतापनि दोस्रो चरणको कोरोना कहरपछि आन्तरिक उडान खुलेसँगै विना सुचना मनोमानी रुपमा नेपालगञ्ज–डोल्पाको साविकको भाडा बडाएर आठ हजार पाँचसय पु¥याइएको युवाहरुको गुनासो छ ।
दुई चार जना आर्थिक हिसाबले मजबुद व्यक्ति बाहेक आम डोल्पाली नागरिकले बडेको भाडा तिर्न नसक्ने भएकाले तुरुन्त भाडा घटाएर पुरानै भाडा कायम गर्न ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ गेलालले भाडा घटाउन आफु सकारात्मक रहेकाले एक हप्ता भित्रै पहल गर्ने आश्वासन दिएको युवाहरुले बताए ।
डोल्पा–नेपालगञ्जको हवाई भाडा भने पाँच हजार तीनसयनै कायम छ ।
डोल्पाको जुफाल एयरपोर्टमा तारा,समिट लगायतका एयरलाइन्सले नियमित उडान गर्दै आएकाछन् ।

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?