२०८० चैत्र ६ गते मङ्गलवार

वरदान माग्न मष्टादेवसँग तिर्थयात्रा,मनले साेचेकाे पुग्ने विश्वास(हेर्नुहाेस तिर्थयात्राका अद्भुत तस्बिरहरू )



रामचन्द्र न्याैैैैैैपाने/ डाेल्पा १८ साउन
डोल्पाका स्थानीय मठ मन्दिरहरुमा सर्वसाधारणको घुँईचो लागेको छ ।
साउन पुर्णिमाको अवसरमा सर्वसाधारणहरु आफ्ना कुल देवतासँगै जिल्ला भित्र र बाहिरका बिभिन्न तिर्थस्थलहरुमा पुगेर फर्केपछि स्थानीय मठ मन्दिरमा घुईचो लागेको हो ।
जिल्लाका तामेगाड, मुकुटेश्वर, पोखेपानी, साईक्वारी,जगदुल्ला, त्रिपुरासुन्दरी, ब्यासगाड, ब्यासऋसी, ब्यायसगाड, सुनदह लगाएतका तिर्थस्थलहरुमा तिर्थयात्राका लागि जाने गरिन्छ ।
जिल्लाभरीनै आफ्ना–आफ्ना कुल देबता बोकेर तिर्थस्थल पुगेर फर्किसकेपछि त्रिदशी,चतुर्दशीका र पुर्णिमामा विशेष पुआजाआ गर्ने प्रचलन रहेको छ ।
तिर्थ जाँदा र फर्कदाँ मन्दिरका पुजारीहरु र भक्तालुहरु लाई घरमा बस्ने महिला पुरुषले बाजागाजा,कलश,अबिर,फुलमालाले स्वागतगर्ने गरिन्छ ।
डोल्पामा पुजागर्दै आएका मष्टा, भयाँर, बाबिरो,थर्पाल, बिजुलडाँडो,लाटालाटी,ढँरार,गर्भे लगाएतका बिभिन्न नामका देबतासँग तिर्थजानालेमनोकाङ्छा पुराहुने बिश्वास रहेको छ ।
बिशेष गरेर त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने जिल्लाकै चर्चित मष्टा मन्दिर छल र गल्लीमा पनि भक्तजनहरुको बाग्लो घुँईचो लागेको छ ।
मनले सोचेको वर माग्नका लागि जिल्लाका बिकट गाउँबस्ती सँगै छिमेकी जिल्ला रुकुम जाजरकोट र जुम्ला बाट पनि भक्तजनहरु पुगेकाछन् ।
त्यसैगरी मष्टा मन्दिर छलमा पनि वरदान माग्नका लागि एक हजार भन्दा धेरै सङ्ख्यामा भक्तजनहरु पुगेकाछन् ।
तिर्थयात्रा गरेर फर्किसकेकाले आज विशेष ठुलो पुजा लाग्ने र बरदान स्वरुप भक्तजनलाई ध्वजा, अक्षता,फलफुल र माला वितरण गरिने पुजारीहरुले बताए ।
सर्वधारण देखि उच्च पदस्थ ब्यक्तिसम्मको आस्थाको केन्द्रको रुपमा रहेको छलमा भाकल गरेको जुनसुकै कुरापनि पुग्ने विश्वास रहेको छ ।
त्यसैगरि बर्षौ अघि देखि पुजाआजा हुँदै आएको गल्लीका मष्टादेबसँग तिर्थयात्रा गरे सन्तानको आशा राख्ने भक्तालुलाई सन्तान प्राप्ति समेत हुने तिर्थालु भिमलक्ष्मी उपाध्यायले बताइन् ।
त्यतिमात्रै नभई पवित्र आत्मले तिर्थयात्रा गरेर मष्टादेबसँग भाकल गर्ने हो भने पुत्र,विद्या,बुद्धि,धन लगायत मनले सोचेको जुनसुकै कुरापनि पुग्ने उनको भनाई छ ।
तिर्थजाँदा अपनाइने आफ्नै नियम हुनुका साथै यात्रामा खाली खुट्टा हिँड्नुपर्ने,प्रसादको रुपमा फलफुल लगायत नुन नराखेको खानेकुरा खानु पवित्र मानिन्छ ।
तिर्थयात्राको क्रममा मुख्य पुजारीलाई देउता चढेर प्रत्येक तिर्थालुलाई बरदान दिने र भुत,भविश्य र बर्तमान तिन वटै कालको भविश्यवाणी हुन्छ ।
मष्टादेब गल्लीबाट भएका सम्पुर्ण भविश्यवाणी मिल्ने विश्वासका साथ ठुल ठुला शहरहरुबाट उच्च पदस्थ ब्यक्तिहरु पनि हेलिकोप्टर ल्याएर दर्शनका लागि आउने पुजारी नन्दसिँह थापाले बताए ।
गल्लीमा आज विशेष ठुलो मेला लाग्ने गर्दछ भने बर स्वरुप भक्तालुहरुलाई काक्रा,स्याउ लगायतका फलफुलहरु बाँडिने उनले बताए ।
डोल्पाका स्थानीय मठ मन्दिरमा प्रत्येक बर्षको साउन तृतिया तिथि देखि पुर्णिमासम्म विशेष मेला लाग्ने गर्दछ ।
त्यसैगरि मष्टा मन्दिर गल्ली र छलमा दशैँको अष्टमीमा समेत ठुलो मेला लाग्ने गल्लीका स्थानीयबासीको भनाई छ ।

प्रकाशित मिति : २०७७ साउन १८ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?