२०८० असोज ९ गते मङ्गलवार

डाेल्पाकाे त्रिपुराकाेटमा रहेकाे नमस्ते सेवाकाे टावर सञ्चालनमा




रामचन्द्र न्याैपाने,
डाेल्पा १४ असार:
डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका रहेकाे नमस्ते सेवाकाे फाेर.जी टावर सञ्चालनमा आएको छ ।
लामाेसमय देखि निर्माणाधीन नेपाल टेलिकमकाे टावर बिहिवार देखि सञ्चालनमा आएकाे नगरपालिकाका नगर प्रमुख जनचन्द्र राेकायले जानकारी दिए ।
अहिले फाेन सेवामात्र सुचारु भएको र भाेलि भित्र फाेर.जि इन्टरनेट सेवा सुचारुहुने उनकाे भनाई छ ।

टावर सञ्चालनकालागि निरन्तर ताकेता गरेपछि बल्ल सञ्चालनमा आएको नगरप्रमुख राेकायकाे भनाई छ ।
उक्त टावर स्थापना कर्णाली प्रदेश सभा सदस्य तथा पुर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिरबहादुर शाहीकाे पहलमा भएको हाे ।
आफ्नाे निर्वाचन क्षेत्र त्यसमा पनि नगर क्षेत्रमानै फाेन सेवाकाे असुविधा भएपछि केन्द्रमा निरन्तर पहल गरेर नगरपालिकाकाे त्रिपुराकाेट र दापुमा टावर स्थापना गर्न सफल भएको सांसद शाहीले बताए ।
त्रिपुराकाेटमा रहेकाे टावर सञ्चालनमा आएपनि दापुमा रहेकाे टावर भने सञ्चालनमा आउन सकेकाे छैन् ।
यता नेपाल टेलिकम बबरमहल कार्यालयका उप प्रवन्धक प्रेम क्षेत्रीका अनुसार फाेर.जि सेवा सञ्चालन गर्न आवश्यक केबल तार नपुगेकै कारण आज इन्टरनेट सेवा सञ्चालनमा आउन नसकेकाे र भाेलि जहाजबाट पुर्याएर भाेलिनै इन्टरनेट सेवा सञ्चालनमा आउने छ ।
यस लगत्तै अर्काे दापुमा रहेकाे टावर सञ्चालनमा लाग्नुपर्ने क्षेत्रीकाे भनाइ छ ।

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?