२०८० चैत्र १६ गते शुक्रवार

जीवनमन्त्रः बच्चाको पालन पोषणमा अत्यधिक सावधानी अपनाउनुपर्छ, आमाबुवाले सन्तानलाई सही–गलतबीचको फरक पक्कै सम्झाउनुहोस्



कहानीः

हाभारतमा कन्ती आफ्ना पाँच पुत्रसँग वनमा बसिरहेकी थिइन् किनभने धृतराष्ट्र चाहँदैनथे कि पाण्डुका पुत्रले राज्य पाउन् । धृतराष्ट्रका पुत्र दुर्योधन अधर्मी थिए ।

उनले सधैं पाण्डव पुत्रलाई तनावमा पार्दथे । कुन्तीका श्रीमान् पाण्डुको श्रापका कारण मृत्यु भइसकेको थियो । पाण्डुकी दोस्री श्रीमती माद्रीको पनि मृत्यु भइसकेको थियो । तीन पुत्र कुन्तीको तर्फबाट र दुई पुत्र माद्रीको तर्फबाट । सबै पाच पुत्रको पालन कुन्तीले एक्लै गरिरहेकी थिइन् ।

कुन्तीलाई थाहा थियो, जंगलमा त कुनै पनि सुख सुविधा पाइनेछैन, त्यसैले कुन्तीले पाँचै सन्तानको पालन पोषण यसरी गरिन् कि त्यो धर्मको प्रतिक बन्यो । महाभारत युद्धमा जब श्रीकृष्णले कसको पक्ष लिने भनेर निर्णय लिनुपर्यो तब उनले धर्मको मार्गमा हिँडिरहेका पाण्डव पुत्रलाई चुने ।

राजा धृतराष्ट र गान्धारीका सय पुत्र थिए । सबै पुत्रलाई सुख–सुविधाका हरेक चिज उपलब्ध गराइएको थियो तर राजा र रानीले आफ्ना सन्तालाई राम्रो संस्कार दिएनन् । त्यसैले सबैजना अधर्मी भए । सन्तानको मोहमा धृतराष्ट्रले दुर्योधनलाई सही गलतबीचको फरक बुझाएनन् । यसै एक गल्तीका कारण पूरा कौरव वंश नष्ट भयो ।

पाठः

कुन्तीले पाँच पुत्रको पालन पोषण अभावबीच गरिन् तर संस्कार राम्रो दिइन् । धर्म के हो, त्यसबारे बुझाइन् । त्यसै कारण सबै पाण्डव श्रीकृष्णको प्रिय बने ।

हामीले पनि बच्चालाई सुख–सुविधाका साथै राम्रो संस्कार पनि दिनुपर्छ । यति गर्न सके मात्रै उनीहरु भविष्यमा सफल हुन सक्छन् र सुख शान्ति प्राप्त हुन्छ । बच्चाको पालनपोषणमा लापरवाही गरे उनीहरुको पूरा जीवन खराब हुनसक्छ ।

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?