२०८१ जेष्ठ ३ गते बिहिवार

आर्थिक अभावमा उपचार गर्न नसकेर मुक्तिकला एकबर्ष देखि घरमै थला




रामचन्द्र न्यौपाने,
डोल्पा ६ पुष :
हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ स्थित करेलीकाँडा बस्ने ५१ बर्षिया मुक्तिकला बोहोरा बिरामिले थला परेकी छन् ।
एक बर्ष देखि दम र निमोनियाले थला परेकी बोहोराको आर्थिक अभावका कारण उपचारहुन सकेको छैन् ।
घरको आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेपछि उनि जीवनमरणको दोसाँधमा बाँच्नु परेको छ ।
‘दश बर्ष अघिनै श्रीमान हंशलाल बोहोरा बितेपछि घरमा सबै जिम्मेवारी मैलेनै समाल्दै आएको थिए,अहिले बिरामीले थला परेको छु,आम्दानीको कुनै स्रोत नभएकाले अस्पताल जान सकेकी छैन्,बोहोराले दुखेसो पोखिन ।’
‘म एक्चालीस बर्ष हुँदाखेरीनै श्रीमानले छोड्नुभयो,नौ बर्षको छोरा र एघार बर्षकि छोरी छिन्,घरमा कमाउने बाटो केही छैन्,बिहान बेलुकी छाक टार्न नसकिने अवस्था औषधि कहाँबाट गरु उनले भनिन् ।’
‘घरमुलिले हामिलाइ छोडि सक्नुभयो,म विधुवा भए,बच्चाबच्ची टुहुरा भए,के गर्नु मलाई पनि बिरामिले कुन दिन लैजान्छ थाहा छैन्,म पनि मरे भने मेरा बच्चाबच्ची पुरै टुहुराहुँने भए’ उनले रुँदै भनिन् ।
‘घरमा आम्दानीको स्रोत नभएकै कारण छोरीले चार कक्षामै पढाइ छाडिन,अरुका छोरीहरु स्कुल जान्छन्,उनिहरुलाई देखेर मेरी छोरीले मेरो बुवा भएको भए म पनि स्कुल जान्थे होला,पढिलेखि ठुलो मान्छे बन्थे होला भन्छे,छोरीको कुरा सुन्दा मन भक्कानिएर आउँछ’ बोहोराले बताइन् ।
उनको कान्छो छोरा गाउँकै प्राथामिक स्कुलमा कक्षा चारमा पढ्छन् ।
एकसाता अघि बिरामि परेपछि गाउँबाट चन्दा उठाएर जिल्ला अस्पतालमा उपचार गर्न लिएको स्थानीय बहादुर बुढाले बताए ।
‘डाक्टरले डोल्पामा उपचार नहुने शहरका अस्पतालमा लिएर उपचार गर्नु पर्ने बताएकाछन्,घरका पैसा छैन्,अब कसरी शहरका अस्पतालमा लैजान’हो उनले भने ।
बोहोराको परिवारको अवस्था नाजुक भएकाले उपचारकालागि आर्थिक सहयोग गरिदिनुहुन सम्पुर्ण मनकारी मनहरुलाई बुढाले अपिल गरेकाछन् ।

हेर्नुहाेस तस्बिरहरु

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?