२०८० मङ्सिर २१ गते बिहिवार

शुभकामना सँगै रुपान्तरण अभियानमा माओवादी नेतृत्व




डाेल्पा ८ कार्तिक : देश हिन्दुहरुकाे महान पर्व दशैँ तिहारकाे माहाेलले तातिरहेको छ ।
शहर केन्द्रित सर्वसाधारणहरु घर फर्केपछि गाउँघरमा मान्छेहरु खचाखच भरिएका छन् ।
त्यहि माैका पारेर डाेल्पामा भने नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेताहरु जनताका घरघरमा पुगेकाछन् ।
डाेल्पा प्रदेश निर्वाचन क्षेत्र ख का सांसद वीर बहादुर शाही,कर्णाली प्रदेश कमिटी काेषाध्यक्ष माल बहादुर राेकाय,जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिँह राेकाय,चन्द्रमान राेकाय लगायतका नेताहरु पार्टीकाे तीन महिने रुपान्तरण अभियानमा गाउँघरमा व्यस्तछन् ।
यस अवधिमा जनताकाे घरघरमा पुगेर शुभकामना सँगै अभियानका बिषयमा प्रष्ट पारिरहेकाे माओवादी नेतृत्वको भनाइ छ ।
दशैँ तिहार भनेकाे आनन्दले बस्ने रमाउने पर्व भएपनि आफुहरु भने अभियानमै व्यस्त रहेकाे कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाहीले बताए ।
चाड पर्वमा मान्छेहरु गाउँमा भरिभराउ छन्,हामी पनि जनताको घर आँगनमा पुगेका छाै,शुभकामना दिँदै तीन महिने अभियानलाई प्रभावकारी बनाउन लागि परेका छाै शाहीले भने ।
याे विशेष अभियाले डाेल्पाली जनतामा उत्साह छाएकाे र यसले गर्दा माओवादी प्रतिकाे विश्वास बडेकाे प्रष्ट देखिएकाे सांसद शाहीले प्रष्ट पारे ।
दशै शुरु भएपछि मात्रै त्रिपुरासुन्दरी नगरपालिका ९ र १० नं वडा तथा जगदुल्ला गाउँपालिकाका छ वटै वडाका जनतासँग अभियान लिएर पुगिएकाे सांसद शाहीले बताए ।
अभियानलाई लिएर अब लगत्तै मुड्केचुला गाउँपालिकामा पनि पुग्ने उनकाे भनाई छ ।

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?