२०८१ बैशाख १६ गते आइतवार

फाेक्सुण्डाे मिडियाद्वारा लेखा अधिकृत बुढा सम्मानित !




रामचन्द्र न्याैपाने,
डाेल्पा २३ माघ : खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालय डाेल्पामा कार्यरत लेखा अधिकृत हस्त बहादुर बुढा सम्मानित भएकाछन् ।
बार्षिक उत्सवकाे अवसरमा फाेक्सुण्डाे मिडिया एण्ड म्युजिक प्रालीद्वारा प्रशंसा पत्र सहित लेखा अधिकृत बुढालाई सम्मान गरिएको हाे ।
दुर्गम जिल्ला डाेल्पामा लामाे समयसम्म रहेर निरन्तर सेवा प्रवाह गरिरहेकाे भन्दै उत्कृष्ट कर्मचारीकाे रुपमा सम्मान गरिएको मिडियाका सञ्चालक लेख बुढाले बताए ।
यस मिडियाले प्रत्येक बर्ष बार्षिक उत्सवकाे अवसरमा विभिन्न क्षेत्रका तीन जना व्यक्तित्वलाई सम्मान गर्दै आएकाे उनकाे भनाइ छ ।
उपयुक्त समय पारेर सम्मान गर्ने निर्णय भएका प्रतिनिधि सभा सदस्य धन बहादुर बुढा,युवा पर्यटन व्यवसायी जितेन्द्र झाक्री मगर लाई पनि सम्मान गर्ने बताइएको छ ।
लेखा अधिकृत राज कुमार के. सी लाई बधाई सहित खादाले सम्मान गरिएको छ ।

तस्बिर : फाेक्सुण्डाे मिडियाबाट

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?