२०८१ बैशाख १४ गते शुक्रवार

डोल्पाका कृषि र पशु कार्यालयको अनियमितता बढ्दै! वास्तविक कृषक लाई छैन अनुदान??

पावर र पहुँच भएका कागजी घोडा मिलाउने कृषक लाई मात्रै अनूदान?? कहीले सम्म


पूर्ण सार्की /डोल्पा

डोल्पाका कृषि र पशु कार्यालयकाे अनियमितता बढ्दै गएको छ। कृषि र पशु कार्यालयले प्रत्येक बर्ष कार्यालयबाट वितरण हुने गरेका हरेक प्रकारका अनूदानहरु वास्तविक कृषकलाई वितरण गर्न सकिरहेको छैन। अनुदान जति सबै पावर र पहुँच भएका कागजी प्रक्रिया मात्र पूरा गर्ने कृषक लाई अनुदान वितरण गर्ने गरेका छन्। यसरी पावर र पहुँच भएकालाई मात्र अनुदान वितरण गर्दा वास्तविक कृषक भने मर्कामा परेका छन्।

वास्तविक कृषक ले पाउनु पर्ने हो अनुदान तर डोल्पामा कागजी प्रक्रिया मिलाउने कृषक लाई मात्र अनुदान वितरण गर्ने गरीन्छ। कृषि प्रधान देशमा वास्तविक कृषक ले अनुदान नपाउनू दुखत कुरा हो। डोल्पाका वास्तविक कृषक को कथा ब्यथा आफ्नै छन। अनुदान ज-जसले पाउनु पर्ने हो उनीहरु ले पाउँदैनन , वास्तविक कृषकले पाउनु पर्ने अनुदान कार्यालयमा कार्यरत कर्मचारीका आफन्त र राजनीतिक पावर पहुँच भएका कागजी प्रक्रिया मात्र पूरा गर्ने कृषकले अनुदान पाउँछन् ।

 

कतै सरकारि निकायबाट केही अनुदान पाको भए व्यवसाय गर्न सहज हुने आशाले प्रत्येक पटक धेरै वास्तविक कृषकले अनुदानको लागि फर्म भरेका हुन्छन् तर वास्तविक कृषकले अनुदान पाउदैनन्।

यसरी पावर पहुँच भएका हरुलाई मात्र अनुदान वितरण गर्दा कार्यालयले बितरण गर्ने अनुदानमा नै कृषक ले गुनासो पोखेका छन् ?

बिहीबार डोल्पा जिल्लाका लागि आउनु भएका नया प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलकाे डोल्पाका स्थानीय सञ्चार कर्मी हरू सग परिचयात्मक कार्यक्रममा सञ्चारकर्मीहरुले याे विषयमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण समेत गराएका छन्। प्रजिअ पोखरेलले आफू डोल्पामा भर्खर आएको र याे विषय विशेष छलफल गर्ने समेत वताउनु भएको छ।।

प्रकाशित मिति : २०७९ माघ २१ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?