२०८१ बैशाख ७ गते शुक्रवार

गायिका समिक्षाको नायिका बन्ने रहर



गायिका समिक्षा अधिकारी पछिल्लो समयक चर्चामा छिन् । उनले, स्वर भरेका धेरै गीतहरुले बजारमा राम्रो चर्चा पाएका छन् ।

तर, समिक्षाको चाहना गायिकामा मात्र सिमित हुने छैन । उनले, चलचित्रको पर्दामा नायिका बन्ने इच्छा पनि व्यक्त गरेकी छिन् ।

१४ वर्षको उमेरमा चलचित्र ‘नाई नभन्नू ल ५’मा समावेश ‘बालापनको उमेर’ बोलको गीतमा स्वर दिएर गायनमा पाइला राखेकी समीक्षाले आफूलाई नायिका पनि बन्न मन लागेको  बताइन् ।

बाल्यकालदेखि नै आफूलाई गायनसँगै अभिनयमा पनि रुची रहेको समिक्षा बताउँछिन् ।

कुराकानीमा उनले भनिन्–‘मलाई चलचित्रमा नायिका भएर अभिनय गर्ने ठूलो इच्छा छ । तर, तत्काल भने होइन ।’ उनले ४–५ वर्षपछि चलचित्रमा अभिनय गर्ने सोच रहेको बताइन् ।

हाल कक्षा १० मा अध्ययन गरिरहेकी समीक्षाले भनिन्–‘अहिले त गायनलाई नै प्राथमिकता दिइरहेकी छु । त्यसमाथि अहिले पढाइमा पनि केन्द्रित हुनुपर्नेछ । ‘प्लस टु’ वा ‘ब्याचलर’ सकेपछि नासउका बन्ने सोच हो ।’

समीक्षाले ‘बालापनको उमेर’पछि गाएका ‘माया मारेर’, ‘आधि कपाल’, ‘नबोली नबोली’, ‘पछयौरी लिस्यो’ लगायतका गीत चर्चित छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?