२०८१ जेष्ठ २ गते बुधवार

चाडपर्व नजिकीदै लाग्दा डोल्पामा नुनको अभाव



पुर्ण कुमार/ नेपालब्रेक

डोल्पा , १७ असाेज

संघीय राजधानी काठमाण्डौंमा सुनको चर्चा भै रहँदा हिमाली जिल्ला डोल्पामा भने नुनको अभाव हुन थालेको छ । हिन्दूहरुको महान चाड विजमी दशमी तथा तिहारकाे मुखैमा नुनको अभाव हुन थालेपछि डोल्पा बासी चिन्तामा छन् ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ०१ का स्थानीयले नुन लिन सदरमुकाम जानु पर्ने भएपछि समस्या भएको गुनासो गरेका छन् ।

सदरमुकाम दुनै स्थित साल्ट ट्रेडिङले प्रती परिवार २ पोकाका दरले नुन बिक्री गर्दै आइरहेको छ । सरकारले सहुलियत दरमा अनुदान दिएको २ पोका नुन खरिद गर्न दुई देखि तीन हजार रुपैयाँ सम्म खर्च हुने गरेको त्रिपुरासुन्दरी ०१ का राजीमान बुढाले बताए ।

यसरी हेर्दा एक केजी नुनको मूल्य एक हजार रुपैयाँ बराबर पर्ने गर्छ ।

साल्ट्र ट्रेडिङ डोल्पा डिपोको अनुसार भनेजति नुन दिएको खण्डमा डोल्पामा नुन नै अपुग हुने भएका कारण सबैलाई मिलाएर दिन परेको हो । अहिले डोल्पामा साल्ट ट्रेडिङकाे एउटा डिपो सहित ५ ओटा बिक्री केन्द्र रहेका छन् ।

यी पाँच ओटै विक्री केन्द्रमा नुनकाे ढुवानी नभएपछि अभाव भएको हो । नुनको कोटा थप गर्न सम्बन्धित निकायसँग माग गरेको साल्ट्र ट्रेडिङ डीपो कार्यालय डोल्पाका प्रमुख प्रकाश बहादुर धामीले बताउनुभयो ।

साल्ट ट्रेडिङ डोल्पा डिपोका अनुसार डोल्पाकाे नुनको लागि ठेक्का आह्वान भै नुन ढुवानी प्रक्रियामा गएको र दशैं तिहार पछि मात्रै नुन डोल्पा पुग्ने प्रमुख धामीले मध्यान्ह लाई जानकारी दिनु भयो ।

यता त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायाले नगरपालिका भरी नुनको अभाव हुन थालेपछि साल्ट ट्रेडिङ जुफाल विक्री केन्द्रबाट ५० क्विन्टल नुन ल्याउन लागेको बताउनु भएको छ । नुन नगरपालिकामा ल्याए सगै नगर बासीलाई सहुलियत दरमा अनुदानको नुन बिक्री गर्ने समेत नगर प्रमुख रोकायले बताउनु भयो।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?