२०८१ बैशाख ३१ गते सोमवार

डोल्पामा छायांकन गरिएको रातो किताबको पहिलो पोस्टर सार्वजनिक!



पुर्ण कुमार/ नेपालब्रेक 

वैशाख १, डोल्पा 

समग्र साविकको कर्णालीले भाेग्नु परेका पीडा र कथालाई गीतकाे माध्यममा उजागर गर्ने गरि पर्यटकीय भुमि डाेल्पामा छायांकन गरिएकाे म्युजिक भिडियो ” राताे किताबको पाेष्टर सार्वजनिक गरिएकाे छ ।चर्चित गायक सुरज पण्डितको ‘रातो किताब’को पोष्टर  नयाँ बर्षको सुभसाईत पारेर सार्वजनिक गरिएकाे हाे ।

माता त्रिपुरा सुन्दरी मिडिया हबको सहकार्यमा चर्चित गायक सुरज पण्डित र मोडलिङ् क्षेत्रमा निकै ख्याति कमाएका लक्षमण देवकोटाको साँगितिक कोशेलीकाे रुपमा  ‘रातो किताब’ आउन थालेकाे हाे।

सार्वजनिक गरिएकाे , रातो किताब , भिडियोमा लक्ष्मण देबकोटा र (चर्चित हास्य टेलिश्रृंखला सक्किगोनीकी छोटि) सुस्मिता कुवंर फिचर्ड चर्चित गीत रेलको बाटो र सिंहदरबारको अपार सफलता पछि सुरज पण्डितको शब्द , सङ्गीत र आवाज रहेकाे रातो किताबकाे भिडियाे बैशाख १३ गते सार्बजनिक हुने निर्माण पक्षले जनाएकाे छ ।

रेलको बाटो गीतकै निर्देशक लक्ष्मण सुनारको निर्देशन रहेको भिडियोमा लक्ष्मण देबकोटा र सुस्मिता कुवंरको साथमा वसन्त उदास , एन्जिला पन्थी र डाेल्पाका उदयमान युवा पत्रकार टेक शाही लगाएतको अभिनय रहेको छ ।

लक्ष्मण देबकोटाले यसअगाडि रेलको बाटो , नुनको भारी लगाएत गीतमा अभिनय गरिसकेका छन भने सुस्मिता लाई चर्चित टेलि शृङ्खला सक्किगोनिमा समेत देख्न सकिन्छ । रेलको बाटो टिमको बाहुल्यता रहेको रातो किताबको छायांकन पनि दुर्गम जिल्ला डोल्पामा गरिएको हो । भिडियोका छायांकार बिजय भण्डारी हुन ।

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?