२०८० असोज ९ गते मङ्गलवार

माओवादी केन्द्रकाे ठुलिभेरी र शे-फोक्सुण्डोकाे नगर तथा गाउँ कमिटी घाेषणा !



डाेल्पा १४ मंसिर : ठुलिभेरी नगरपालिका र शे-फोक्सुण्डो गाउँपालिकाले नगर तथा गाउँ सम्मेलन सम्पन्न गरेकाे छ ।
साेमबार दुबै स्थानीय तहले सदरमुकाम दुनैमा छुट्टाछुट्टै समयमा भव्यताका साथ सम्मेलन सम्पन्न गरेकाहुन् ।
ठुलिभेरीकाे नगर कमिटीकाे अध्यक्षमा कमल बहादुर क्षेत्री अध्यक्षमा निर्विरोध निर्वाचित भएकाछन् ।
उपाध्यक्षमा जिजराम बुढा,उपाध्यक्षमा निम बहादुर बुढा उपाध्यक्षमा पुर्णबहादुर राेकाय ,काेषाध्यक्षमा अन्जु केसी सचिवमा याम बहादुर बुढा ,सह-सचिवमा हिरालाल कार्की र पञ्च राेकाय सहितको ४५ सदस्यीय नगर कमिटी गठन गरिएको हाे ।
त्यसैगरि शे- फाेक्सुन्डाे गाउँपालिकाकाे गाउँ कमिटीमा अध्यक्षमा फुर्वाटसी गुरुङ्ग र सचिवमा डाेल्मा गुरुङ्ग सहितको २६ सदस्यीय गाउँ कमिटी गठन गरिएको गाउँ इन्चार्ज पेम्मा छिरिङ् गुरुङ्गले जानकारी दिए ।
कर्णाली प्रदेश सभा सदस्य तथा माओवादी केन्द्रकाे प्रभावशाली नेता वीर बहादुर शाहीले कार्यक्रममा शुभकामना दिएका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयाेजक मालबहादुर राेकाय, जिल्ला इन्चार्ज रामलाल बिक,चन्द्रमान राेकाय,काली चलाउने,उर्मिला विश्वकर्मा
लगायतका नेता कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?