
सुर्खेत । कालिकोटबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना भएको छ ।
कर्णाली राजमार्गको रामाघाट नजिकै जीप दुर्घटना भएको पुष्टि ईलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक खिम खड्काले गरेका छन् ।
आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०२४७ नम्बरको जीप आठविस नगरपालिका–१ रामाघाटमा दुर्घटना भएको हो ।
दुर्घटनामा शुभाकालिका गाउँपालिका भर्ता कालिकाेटका घर भएका ३७ वर्षीय दिपेन्द्रबहादुर शाहीकाे घटानस्थलमै मृत्यु भएकाे प्रहरी चाैकी पाल्तडाले जनाएकाे छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।
उनको अनुसार जीप सडकबाट तल खसेको छ ।
घटनास्थलमा प्रहरी पुगेकाले घाइतेहरुको उद्धार गरेर उपचारको लागि सुर्खेत पठाउन लागिएको खड्काले बताए ।
सुर्खेतका दुर्घटनास्थलमा थप मानविय क्षती बारे खुलेको छैन् । घटनाकाे विस्तृत विवरण आउन अझै केही समय लाग्ने प्रहरी निरीक्षक खड्काको भनाई छ ।
प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार