२०८० चैत्र ६ गते मङ्गलवार

खुम्रे किरा नियन्त्रणकालागि केड डोल्पाका खाद्य सम्प्रभुता संयोजक तथा कृषि प्राविधिक जयकर्ण बुढाकाे यस्तो सुझाब !



डोल्पा जिल्लामा खुम्रे किराले खेतबारीमा लगाएको तरकारी र अन्न बालीहरु काट्दा किसानहरु हैरान भएका छन् । जिल्लाको अधिकांश क्षेत्रमा खुमे्र किराले बाली काटेर नोक्सानी पुराएपछि किसानहरु हैरानमा परेका छन । किसानले लगाएका खुसानी, सिमि, काउलि, बन्दा, प्याज, मकै, कोदो, धान लगायतका बालीहरुमा खुम्रे किराले जरा काट्दा लगाएका बालीका बोट सुक्दै गएका छन । डोल्पा जिल्लामा मात्र नभइ अन्य जिल्लाहरुमा पनि प्रत्येक बर्ष खुमे्र किराले कृषकहरुको बालिनालीमा असर पुराएको हुन्छ । प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा कृषकहरु कृषि विज्ञ अथवा कृषि प्राविधिकहरुसंग जोडिन नसक्दा यस्तो समम्याहरुमा परेका हुन ।
आखिर खुम्रे किरा के हो त ?
खुम्रे किरा (सेतो ग्रब्स) को वैज्ञानिक नाम फाइलोफागा एसपिपि हो । यी १०० भन्दा बढी विभिन्न प्रजातिहरु छन । खुम्रे किरा सबैभन्दा विनाशकारी कीट किरा हो । खुम्रे किराको वयस्कहरु खपटे समुहमा पर्दछन । प्राय वयस्कहरु पहेँलो देखि गाढा रातो–खैरो देखि कालो, मजबूत,आयतकार,चमकदार बीटल हुन्छन् । बीटलहरु करिब १२ देखि २५ एमएम लामो हुन्छन् । माटोमा लाग्ने यस खतरनाक किराको प्रकोप नेपाल अधिराज्य भरिनै छ । खुम्रे किराले बिशेष गरि तरकारी बालिहरु, मकै, आलु, अधुवा र चियामा क्षेत्रि पुराउछ । नेपाल कृषि अनुसन्धान केन्द्रका अनुसार खुम्रे किराले समय, स्थान, र अवस्था हेरी मकै, तरकारी, आलुमा २५%–५०%, अधुवामा ८०%–१००% र चियामा २०% सम्म नोक्सान गर्न सक्दछ । खुमे्र किराहरु माटो भित्र बाट बिरुवाका जराहरु खान्छन् तर वयस्कहरु फलफुल तथा अन्य धेरै बालिनालीका पात खान्छन् । यो किराको जिवन चक्र प्रजाति हेरि १ देखि ३ बर्ष सम्मको हुन्छ । माउ वयस्क खपटेहरु बैशाख देखि असोज सम्म शक्रिय हुन्छन् यद्यपि मध्य पहाडमा असार देखि साउन सम्म र उच्च पहाडमा जेठ देखि असार सम्म बढि शक्रिय हुन्छन ।
खुम्रे किराहरु रातिको समयमा बढि शक्रिय हुन्छन । यि
सबै भन्दा बढि बसन्त ऋतुमा शक्रिय हुन्छन र धेरै पानि परेको बेला खुम्रे किराले आफनो जिबन चक्र शुरु गर्दछन् । खुम्रे किराको प्रजाति अनुसार फरक–फरक आफनो जिबन चक्र पुरा गर्दछन् कसैले आफनो जिबन चक्र १ बर्षमा पुरा गर्दछन् भने कसैलाई आफनो जिबन चक्र पुरा गर्न ३ बर्षसम्म पुरा लाग्दछ । वयस्क खपटेहरु बिहानि तथा साँझपख समागम गर्दछन् र दिउँसको समयमा खपटेहरु माटो भित्र १ देखि ८ ईन्च गहिरोमा १५ देखि २० ओटा सम्म अण्डा जम्मा गर्दछन् र यसको ३ हप्ता भित्रमा अण्डा बाट नयाँ लार्वाहरु निस्कन्छन् । जुन गर्मीमा बिरुवा जरा तथा सडेको वनस्पतिहरु खान्छन् । किराको लार्भा अवस्था सबै भन्दा बढि खतरनाक र हानिकारक अवस्था हो । हिउँदमा किराहरु १.५ मिटर माटो मुनि बस्दछन् भने यिनिहरु बसन्त ऋतु नआए सम्म निष्क्रिय भएर बस्दछन् । यस किराहरु बाट धेरै मात्रामा क्षेत्रि नियमित ३ बर्षमा हुर्ने गर्दछ । वयस्क खपटेहरु निस्कियको बर्ष सबै भन्दा बढि क्षेत्रि पुराउछ ।
आफ्नो बारीमा खुम्रे किरा छ कि छैन भनि कसरी थाहाँ पाउँने त ?
खेतबारीमा बालि लगाउनु अधि नै आफ्नो एक रोपनि बारीको अनियमित रुपमा ३ फरक फरक ठाँउ बाट ३० से.मि सम्म गहिरो मात्राको माटो लग्ने र हेर्ने यदि माटोमा खुम्रे किरा देखेमा यसको नियन्त्रण र व्यवस्थापन तिर ध्यान दिर्ने ।
खुम्रे किरा कसरी नियन्त्रण र व्यवस्थापन गर्ने त ?
खेतबारी घाँस तथा झारपात मुक्त राख्ने यसले गर्दा किराहरुले धेरै मात्रामा अण्डा पार्न सक्दैनन् ।
गर्मि अथवा जाडो हुनु अगाडिनै खेतलाई गहिरो गरि जोत्नु अथवा खन्नु पर्दछ जसले किराको अण्डा, लार्भा, पिउपा र वयस्कलाई नष्ट गर्नुका साथै किराहरु लाई प्राकृतिक शत्रुको सामु ल्याउन मर्दत पुराउँछ जस्तैः चराहरु, कुखुराहरु आदि ।
हामिले खेतबारीमा गोबरको मल प्रयोग गर्दा पुर्न रुपमा पाकेको कम्पोष्ट मल्ल प्रयोग गर्नु पर्दछ ।
खुम्रे किरालहरु रातिको समयमा बढि शक्रिय हुन्ने भएकोले राति बत्तिको पासो थाप्नु पर्दछ यसले वयस्कको संख्या घटाउन मर्दत पुराउँछ ।
प्रत्येक बर्ष एउटै बारीमा एउटै बालि नलगाई फरक–फरक बालिहरु लगाउँनु पर्दछ र जमिन तयार गर्दा जमिनमा २० के.जी चिउरी केके प्रति रोपनी वा जमिन तयार गर्दा जमिनमा १० के.जी काटिएका केतकीको परिपक पातहरु प्रति रोपनी हाल्नु पर्दछ ।
बिहानि पख किराहरु बसेको बोटालाई हलाउँने र झरेका किराहरु लाई जम्मा गरि नष्ट गर्नु पर्दछ ।
रासायनिक बिषादिहरु यी किराहरु नष्ट गर्न कम प्रभाकारी हुनुका साथै रासायनिक बिषादिले बातावरण र मानब स्वस्थ्यमा समेत प्रतिकुल असर पार्ने भएकोले जैबिक बिषादि बाटि खुम्रे किरालहरु नियन्त्रण गर्नु पर्दछ ।
मेटाराईजिएम एनिसप्लि: १० कि.लो प्रति हेक्टर मात्रामा प्रयोग गर्ने यो तरलपदार्थ र धुलो वा पाउडर रुपमा पाईन्छ ।
मेटाराईजिएम एनिसप्लि : एक किसिमको ढुसि हो जुन मरेका किराहरुमा पाईन्छ यसले खुम्रे किरालहरुले आक्रमण गर्छ र किराको बाहिरी आवरण क्युटिकल–९ लाई छेरेर खुम्रे किरालहरु पवेश गर्छ यो ढुसिको आक्रमण पछि खुम्रे किरालहरु अचल भएर मृत्यु हुन्छन् यसरी मृत्यु भएका किराहरुमा ढुसि वृद्घि भएर अत्यादिक मात्रामा ढुसिहरुका कण्डहरु उत्पादन हुन्छन् र माटोमा फैलन्छन् र माटोमा चिस्यान रहिरहेमा माटोमा उत्पादित ढुसिका कण्डहरु माटोमा फैलन्ने हुनाले यो ढुसि एक पटक प्रयोग गरी सकेपछि पटक पटक प्रयोग गरि रहनु पदैन् ।

लेखक
        जय कर्ण बुढा
बिषयगत संयोजक–खाद्य सम्प्रभुता
बातावरणीय कृषि तथा बिकास केन्द्र(केड)
            दुनै,डोल्पा

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?