२०८१ जेष्ठ ५ गते शनिवार

डोल्पामा मनाइयो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४!



पुर्ण कुमार/ नेपालब्रेक

डोल्पा, वैशाख २१

हिमाली जिल्ला डोल्पामा पनि राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ मनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय डोल्पाको आयाेजना तथा जिल्ला हुलाक कार्यालय र नेपाल टेलिकम शाखा कार्यालय डाेल्पाको सह आयाेजक रहेकाे राष्ट्रिय सुचना तथा सन्चार प्रविधि दिवस कार्यक्रम जिल्ला प्रशासन कार्यालय डोल्पाको सभा हलमा मनाइएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले सरकार कमजाेर भए नागरिक स्वत कमजाेर हुने बताएका छन ।आफु सधै सन्चार माध्यमसंग सहकार्य गरि सुशासन कायम राख्न लागि परिरहेकाे उल्लेख गर्दै सरकारी कार्यालयहरुले बार्षिक रुपमा गरेका कार्यपगतिकाे जानकारी तल्लाे तहका नागरिक सम्म पुगाेस भनेर सार्वजनिक सुनुवाई समेत गर्ने गरेकाे प्रजिअ दाहालले दावि गरे ।

आफ्नाे डाेल्पा बसाई सम्मकाे अवधिमा सरकारी कार्यालय मातहत हुने गरेका कामकारबाही पारर्दशि र मितब्यी हुने समेत प्रजिअ दाहाले प्रतिबद्धता ब्यक्त गरे ।वजार लिनकै लागि सत्य कुरालाई छाडेर असत्य कुरा(नकारात्मक ) लाई प्राथिमकता दिएर केही संचार माध्यमले अफावाहा फैलाइरहेकाले त्यस तर्फ मिडिया हाउसका मालिक र संचारकर्मि सचेत हुनु पर्नेमा प्रजिअ दाहालकाे जाेड थियाे ।

कार्यक्रममा सहभागी पत्रकारहरुले सुचना प्रवाहाका लागि सरकारी कार्यालयमा ताेकिएका सुचना अधिकृतले मागेकाे समयमा सुचना उपलब्ध नगराउने गरेकाे गुनासाे ब्यक्त गरेका थिए ।

जिल्ला स्थित सरकारी विकासी कार्यालय प्रमुखले ठुलाे रकमकाे विज्ञापन प्रकाशन तथा अन्य सुचना समेत जिल्ला बाहिरका पत्रकार र मिडिया मालिकसंग सम्झाैता गरेर सुचना दिए वापतकाे कमिशन समेत खाने गरेकाले त्यस्ता कार्यालय प्रमुखबाट जिल्लाका क्रियाशिल संचार माध्यम मारमा पर्ने गरेकाे जैतून अनलाइनका सम्पादक तथा संचालक टेक शाहीले बताए ।

जिल्लाले पछिल्लाे समय नागरिकका दुख र पिडाका सवालमा सक्रिय भई निरन्तर डाेल्पालीका आवाजलाई सम्वाेधन गर्न गराउन सक्रिय प्रमुख जिल्ला अधिकारी पाएकाले असल र सुब्यवस्थित सुशासन कायम गर्नमा  प्रजिअकाे सकरात्मक पहल कदमीकाे आबश्यक्ता रहेकाे डाेल्पा न्युज डटकम अनलाइनका संचालक प्रकासक विष्णुप्रसाद देवकोटाले बताए ।

पत्रकार महासंघ डाेल्पाका अध्यक्ष सराेज थापाले संचारकर्मिले उठाएका सवाल जायज रहेकाले त्यस तर्फ तालुकदार कार्यालय प्रशासनकाे गम्भीर ध्यानाकर्षण हुनु पर्ने मा जोड दिए ।

प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?