२०८१ जेष्ठ ५ गते शनिवार

विवाह वर्षगाठकाे उपलक्ष्यमा शाही दम्पतीले गराए मानव सेवा आश्रममा भाेजन सेवा अर्पण !



पुर्ण कुमार/ नेपाल ब्रेक

हिमाली जिल्ला डोल्पा निवासी शाही दम्पतीले आफ्नो विवाहको दोश्रो वर्षगाठको उपलक्ष्यमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको मानव सेवा आश्रममा भोजन सेवा अर्पण गराएका छन् ।

डोल्पा जिल्ला जगदुल्ला गाउँपालिका स्थायी घर भएका श्रीमान दिनेश शाही र श्रीमती टुइङकल शाहीले आफ्नो विवाहको दोश्रो बर्षगाठको उपलक्ष्यमा सुर्खेतको मानव सेवा आश्रममा रहेका ८६ जना ज्येष्ठ नागरिक , वृद्धवृद्धा लाई बिहानको भोजन खुवाएको दिनेश शाहीले जानकरी दिएका छन् ।

पछिल्लो समय हरेक कार्यक्रममा ठूलो पार्टी गर्ने, केक काट्ने प्रवृत्ति बढ्दो छ । त्यस्ता प्रवृत्तिले अनावश्यकको खर्च हुने भएकोले पनि आफूले “मानव सेवा नै धर्म हो” भन्ने मूल उद्देश्यका साथ मानव सेवा आश्रममा गएर त्यहाँ रहेकालाई वृद्धवृद्धालाई भोजन गराएर मनाएको उनको भनाइ छ । उनले अब आउँदा दिन हरुमा पनि यसरी नै आफ्नो वैवाहिक वर्षगाठ मनाउने समेत बताएका छन् ।

उनी पछिल्लो समय निर्माण व्यवसायीका रूपले पनि परिचित छन् ।

उनले गरेको प्रशंसनीय कार्यलाई मानव सेवा आश्रम सुर्खेतले धन्यबाद समेत व्यक्त गरेको छ । आश्रमले आफ्नो अफिसियल फेसबुक अकाउण्टमा फोटो हरू सार्वजनिक गर्दै दोश्रो वैवाहिक वर्षगाठको अवसरमा यति ठूलो मानव सेवा गरेकोमा शाही परिवारलाई सुख, शान्ति, प्रगति, सु-स्वास्थ्य, दीर्घायुको लागि शुभ-भावना व्यक्त गरेको छ ।

पेशाले दिनेश निर्माण व्यवसायी हुन् भने उनकी पत्नी स्टाफ नर्स हुन । दुबैले केही वर्ष पहिले मात्र विवाह गरेका थिए।

फोटो: मानव सेवा आश्रम सुर्खेत

प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?