
डाेल्पा २८ जेठ : डाेल्पाकाे काईके गाउँपालिका २०७५ बैशाख २२ गते पूर्ण खाेप गाउँपालिका घाेषणा गरिएकाे थियाे । “स्थानीय स्वामित्व र सहभागीता,पूर्ण खाेप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराकाे साथ नेपाल रेडक्रस साेसाईटीकाे सहयाेग र काईके गाउँपालिकाकाे आयाेजनामा पूर्ण खाेप सुनिश्चितता पालिका घाेषणा गरिएको थियाे ।
बि.सं. २०७५ साल बैशाख २२ गते डाेल्पामा पहिलाे स्थानीय तहकाे रुपमा काईके गाउँपालिका भित्रका वडा नं. १ देखि ७ सम्मका वडाहरुमा १६ देखि ५९ महिना सम्मका सबै बालबालिकालाई राष्ट्रिय खाेप तालिका अनुसार १५ महिना उमेर भित्र पाउनु पर्ने सबै खाेप लगाएर पूर्ण खाेप लगाएर पूर्ण खाेप पालिका घाेषणा गरिएकाे काईके गाउँपालिका डाेल्पाका अध्यक्ष अंगद कुमार रानाले बताउनुभयो । अध्यक्ष रानाले भन्नुभयाे,डाेल्पाका अन्य स्थानीय तहहरु हाल पूर्ण खाेप पालिका घाेषणा गर्दैछन् हामीले पहिले नै गरिसकेका छाै । पूर्ण खाेप पालिका घाेषणा पछि दिगाेपनाकाे लागि निरन्तर खाेप कार्यक्रम सञ्चालन भैरहेकाे अध्यक्ष रानाले जानकारी दिनुभयो ।
पूर्ण खाेप जिल्ला घाेषणा गर्नकाे लागि सरकारले राष्ट्रिय खाेप तालिका अनुसार विभिन्न मापदण्ड पूरा गरेका पालिकालाई पूर्ण खाेप पालिका घाेषणा गर्ने अभियान चलाएकाे छ । डाेल्पाका जगदुल्ला गाउँपालिका,मुड्केचुला गाउँपालिका,त्रिपुरासुन्दरी नगरपालिका र ठुलीभेरी नगरपालिकालाई केही अघिमात्र पुर्ण खाेप पालिका घाेषणा गरिएको थियाे ।पुर्ण खोप घोषणा गरेको भने जिल्लामा कतै पनि तथ्याङ्क छैन ।अवकाे केही दिन भित्र तथ्यांक सम्बन्धित निकायमा पेश गरेर औपचारिकता दिने तयारी रहेकाे काईके गाउँपालिकाले जनाएको छ