२०८१ जेष्ठ ५ गते शनिवार

यार्सा सिजन नजिकीए सगै निकुञ्ज द्वारा पत्रकार भेटघाट कार्यक्रम !



पुर्ण कुमार/ मध्यान्ह

डोल्पा, वैशाख २१

हिमाली जिल्ला डोल्पामा यार्चा सिजन नजिकै गर्दा शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जिल्ला स्थित संचार कर्मीहरु संग भेटघाट गरेको छ ।

जिल्लामा यार्चा सिजन नजिकिए सँगै यार्चागुम्बुकाे संकलन र यार्चा संकलकहरुवाट पाटनमा हुने फाेहाेर ब्यवस्थापन के कसरी गर्न सकिन्छ भन्ने विषयमा राय, सल्लाह, सुझाबको लागि पत्रकार भेटघाट कार्यक्रम राखिएको शे फाेक्सुण्डाे राष्ट्रिय निकुन्ज सुलिगाडले जानकारी दिएको छ ।

सदरमुकाम दुनै स्थित होटल ब्लुसिप इनमा गरिएकाे कार्यक्रममा उपस्थित संचारकर्मिले बाहिर जिल्ला र जिल्ला भित्रकै यार्सा संकलकहरुले विना झनझट यार्सागुम्बा संकलन गर्ने बातावरण बनाउनु पर्नेमा जाेड दिएका छन्।

विगतका वर्षहरुमा यार्चागुम्बु पाटन खुल्ने समयमा प्रवेश सुल्क र सम्बन्धित वन समिति समुहले सेवा शुल्क बापत उठाउने गरेकाे रकमा विवाद रहने हुने गरेकाले विना विवाद सहज रुपमा संकलन गराउने र राजश्व उठाउने कार्यमा निकुन्जले सम्बन्धित वन समिति पदाधिकारीहरुसंग सार्थक छलफल गर्नु पर्ने मा सहभागी संचारकर्मिले जाेड दिए ।

निकुन्ज कार्यालयले यार्सागुम्बा पाटनमा प्रवेश गर्ने संकलकहरुलाई कहिले देखि र कुन कुन स्थानमा  रसिद काट्दा उपयुक्त र विवाद रहित बनाउन सकिन्छ भन्ने विषयमा सघन छलफल समेत गरेकाे थियाे ।

निकुन्जका निमित्त प्रमुख तथा सुचना अधिकारी यज्ञराज राेकायले कार्यक्रममा उठेका सवाल र सुझावलाई  कार्यान्वयनमा लैजाने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा पत्रकार महासंघ डाेल्पाका संस्थापक अध्यक्ष विष्णुप्रसाद देवकोटा, बर्तमान अध्यक्ष सराेज थापा, संचारकर्मि टेक शाही र रामचन्द्र न्याैपाने , पुर्ण सार्की, लेख बुढा, मेनुका बुढा लगायतका संचारकर्मिले आ-आफ्ना भनाई सहित सुझाव दिएका दिए ।डाेल्पामा आउदाे जेठ १० गतेवाट जिल्ला स्थित सम्पुर्ण यार्सा पाटनहरु संकलकहरुकाे लागि खुला हुने छन ।

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पा द्वारा अत्यन्त जरुरी सूचना!

प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?