२०८० जेष्ठ १९ गते शुक्रवार

त्रिपुरासुन्दरी नगरपालिकाका प्रथम नगरप्रमुख ओमबहादुर बुढाको शालिक अनावरण



पूर्ण सार्की

डोल्पा वैशाख २५ हीमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोटमा त्रिपुरासुन्दरी नगरपालिकाका प्रथम नगरप्रमुख स्वर्गीय ओमबहादुर बुढाको शालिक अनावरण गरिएको छ । ओम स्मृति प्रतिष्ठानको आयोजनामा विशेष कार्यक्रमका साथ सालिक अनावरण गरिएको हो ।

 

जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकाया प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेल र त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायाले संयुक्त रुपमा सालिक अनावरण गर्नुभयो ।

सालिक अनावरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकायाले स्वर्गीय नगरप्रमुख बुढा, विकास पे्रमी इमानदार र जनताको सुःख र दुःखमा सदैव लागि पर्ने त्यागी नगरप्रमुख भएको बताउनुभयो ।

संघीयता लागुसँगै प्रथम नगरप्रमुख बन्नुभएका ओम बुढाले नगरको शिक्षा स्वास्थ्य विद्युत, कृषि र सडक निर्माणमा खेलेको भूमिका महत्वपूर्ण भएकाले वर्तमान जनप्रतिनिधिले पनि उहाँका राम्रा कार्यको अनुसरण गर्दै जानु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भूमिस्वर पोख्रेल ले स्वर्गीय नगरप्रमुख ओम बुढा सबैको साझा व्यक्तिको रुपमा आफूलाई समाजमा उभ्याउन सकेको आफूले पाएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्व जिल्ला पार्टी सभापति टंक प्रसाद उपाध्यायले स्वर्गीय नगर प्रमुख बूढा एक कुशल राजनीतिज्ञ व्यक्ति भएको र उहाँले स्थानीय तह चुनाव जिते पछि समग्र नगरको बिकाश काे निम्ति सधैं लागी परेको स्मरण गर्दै डोल्पा जिल्लाले एउटा राम्रो कुशल राजनीतिज्ञ व्यक्ति गुमाएको वताउनु भयो ।

 

प्रथम नगरप्रमुख ओम बुढाको ०७८ साल वैशाख २५ गते कोरोना सङ्क्रमण का कारण उपचारका क्रममा मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : २०८० बैशाख २५ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?