२०८१ जेष्ठ २ गते बुधवार

डाेल्पाकाे त्रिपुरासुन्दरीमा टेलिकमले बाँड्याे निशुल्क सिमकार्ड !




डाेल्पा २ असाेज : डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकामा निशुल्क सिमकार्ड वितरण गरिएको छ ।
मंगलबार दुरसञ्चार कार्यालय डाेल्पाले त्रिपुराकाेट बजारमा २ सय ७६ वटा सिमकार्ड निशुल्क वितरण गरेकाे हाे ।
नगरपालिकामा फाेर.जी इन्टरनेट सेवा बिस्तार भएसँगै नयाँ फाेर.जी सिमकार्ड वितरण गरिएको दुरसञ्चार कार्यालय डाेल्पाले जनाएको छ ।
त्रिपुराकाेटका २ सय ७६ जना स्थानीयलाई निशुल्क सिमकार्ड वितरण गरिएको नेपाल टेलिकम डाेल्पा शाखाका अधिकृत जयलाल बुढाथोकीले जानकारी दिए ।
५ सय सिमकार्ड वितरणकाे लक्ष्य राखिएपनि सबै वितरण गर्न नसकिएकाे उनकाे भनाइ छ ।
बाँकी सिमकार्ड डाेल्पाकाे जुनठाउँमा नया फाेर जि टावर विस्तारहुन्छ त्यहाँ वितरण गरिने उनले बताए ।
निशुल्क सिमकार्ड वितरण पछि त्रिपुराकाेटका स्थानीयले खुसी ब्यक्त गरेकाछन् ।
सिमकार्ड वितरणकालागि अधिकृत बुढाथोकी र टेक्निसियन नवराज भट्टराई त्रिपुराकाेट पुगेका थिए ।

प्रकाशित मिति : २०८० असोज २ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?