
रामचन्द्र न्याैपाने
डाेल्पा । हिमाली जिल्ला डाेल्पामा महन्त प्रेमपुरी बाबाले जिल्ला अस्पताललाई तीस थान ब्लाङ्केट सहयोग गरेकाछन् ।
हिँउदकाे चिसाे सुरु भएसँगै बिरामीलाई राहत हाेस भनेर ब्लाङ्केट सहयोग गरेकाे महन्त प्रेम पुरी बाबाले बताएकाछन् ।
साेमबार श्री वाला त्रिपुरासुन्दरी मन्दिर अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्याय,प्रमुख जिल्ला अधिकारी भुमिश्वचर पाेख्रेल,वडा अध्यक्ष भक्त भन्डारी,अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर शाही लगायतकाे उपस्थितिमा ब्लाङ्केट प्राप्त भएको अस्पतालका डाक्टर अखन्ड उपाध्यायले बताए।
नेपालकै प्रशिद्व शक्तिपिठ त्रिपुरासुन्दरी मन्दिरमा केही बर्ष देखि निरन्तर पुजा गर्न आइरहेका महन्त बाबाले यस अघि नै मन्दिरमा ब्लाङ्केट,मन्दिर रंगराेबनका सामाग्रीहरु समेत सहयोग गरिसकेछन् ।
यस पटककाे दशैँमा पनि त्रिपुराकाेटका बृद्वहरुलाई समेत ब्लाङ्केट सहयोग गरेका थिए ।
डाेल्पामा महन्त प्रेमपुरी बाबालाई आध्यात्मिक शक्ति भएका महन्तकाे रुपमा मानिदै आएको छ ।

