२०८० जेष्ठ १९ गते शुक्रवार

डाेल्पामा डियुटिमा खटिएका बरिस्ठ प्रहरी हवल्दार भेरीमा खसेर बेपत्ता



रामचन्द्र न्याैपाने,
डाेल्पा १७ चैत्र : 
हिमाली जिल्ला डाेल्पामा डियुटिमा खटिएका प्रहरी हवल्दार बेपत्ता भएकाछन् ।
ईलाका प्रहरी कार्यालय काइगाउँमा कार्यरत दैलेख जिल्ला नाैमुले गाउँपालिका घर भएका ४१ बर्षिया बरिस्ठ हवल्दार जाेशिराम रेगामि काईगाउँ खाेलामा खसेर बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ ।
मुड्केचुला गाउँपालिका वडा नं १ अन्तर्ग पर्ने भेरीकुना भन्ने ठाउँबाट बिहीबार साझ पाैने छ बजेकाे समयमा बेपत्ता भएको र खाेजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।
बेपत्ता जाेशी नियमित गस्तीकालागि खटिएको र खाेजतलास गर्दा उनले बाेकेकाे झाेला भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरी नायाव निरिक्षककाे नेतृत्वमा प्रहरीकाे टाेली घटनास्थल खटिएकाे बताइएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १७ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?