२०८१ बैशाख ३१ गते सोमवार

त्रिपरासुन्दरीको पाहाडा स्वास्थ्य चौकीमा सुत्केरी आमाको लागि १ कोठे भान्सा घर निर्माण 



पुर्ण कुमार/ नेपाल ब्रेक 

डोल्पा, वैशाख १४

डोल्पाको त्रिपुरासुन्दरी ०७ स्थित पहाडा स्वास्थ्य चौकीमा सुत्केरी महिलाको लागि एक कोठे भवन ( भान्सा घर) निर्माण गरिएको छ । 

स्वास्थ्य चौकीमा सुत्केरी भएका आमाहरुको समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य चौकीका इन्चार्ज जगबर बुढाको पहलमा त्रिपुरासुन्दरी वडा नं ७ को आर्थिक तथा प्राविधिक सहयोगमा भवन निर्माण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुल बहादुर श्रेष्ठले बताए ।

कुल साठी हजारको  लागतमा भान्साको लागि आवश्यक  ( चुलो, भाडा कुडा)सामाग्री सहित १ कोठे भवन( भान्सा घर) निर्माण गरिएको वडा नं सातका अध्यक्ष खम्म बुढाले बताए। 

भवन बने सगै स्वास्थ्य चौकीमा सुत्केरी भएका आमाहरुलाई खानपानमा सहज हुने भएको छ  साथै सुत्केरी हुनु भन्दा केही दिन अगाडि समेत सुत्केरी हुने महिला स्वास्थ्य चौकीमा आएर बस्न सक्ने छन्। 

यो भन्दा पहिला स्वास्थ्य चौकीमा सुत्केरी भएका आमाहरुको लागि भान्सा घर नहुँदा समस्या हुने गरेको थियो ।  

अस्पतालको समस्यालाई मध्यनजर गर्दै भवन बनाईदिने वडा कार्यालयलाई स्वास्थ्यचौकी परिवारले धन्यबाद समेत व्यक्त गरेका छन्। 

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?