
काठमाण्डौ – उपत्यकाका विभिन्न ठाउँमा ७७ जना पक्राउ गरेका छन् ।
भक्तपुरमा एक जना र काठमाण्डौका विभिन्न ठाउँबाट ७६ जना पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये एक जना रिहा भएका छन् ।
अनुसन्धानपछि उनलाई रिहा गरेको प्रहरीले जनाएको छ । नेकपाको प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आमहड्तालका कारण उपत्यकासहित देशका धेरै ठाउँको सुरक्षा व्यवस्था कडा छ ।
काठमाण्डौमा हिजोअस्तिको तुलनामा कम गाडी चलेका छन् । सरकारले ढुक्क भएर गाडी र बजार पसल खोल्न आग्रह गरेको छ । बन्दको चौतर्फी विरोध र आलोचना भइरहेको छ ।
प्रकाशित मिति : २०७७ माघ २२ गते बिहिवार