२०८० मङ्सिर १३ गते बुधवार

पत्रकार महासंघ डाेल्पाको ११ औं साधारणसभा सम्पन्न



रामचन्द्र न्याैपाने,
डाेल्पा २ पाैष : नेपाल पत्रकार महासंघ डाेल्पा शाखाको ११ औं साधारणसभा सदरमुकाम दुनैमा सम्पन्न भएको छ ।
शाखा अध्यक्ष सराेज थापाकाे अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर राेकायकाे प्रमुख आतिथ्यतामा साधारणासभा सम्पन्न भएको हो ।
साधारणसभा उद्घाटनमा बोल्दै प्रमुख श्याम बहादुर राेकायले पत्रकारनै सुचना प्रवाहकाे स्राेत भएकाले सत्यतथ्य र निश्पक्ष रुमा समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।
पत्रकार महासंघकाे जिल्ला शाखाकाे जग्गा र भवनकालागि आफुले सक्दाे पहल गर्ने समेत प्रतिवद्वता व्यक्त गरे ।
आम जनताकाे सुचना प्राप्तिको स्राेत पत्रकार भएकाले पत्रकारारमा जाेश जाँगर र इच्छाशक्ति हुनुपर्ने बताए ।
त्यसैगरि कार्यक्रमका विशेष अतिथि तथा प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले लाेकतन्त्रकाे मेरुदण्डनै सञ्चारमाध्यम भएकाे बताए ।
राज्यका नीति नियम,कानुन आम जनतासम्म पुर्‍याउन पत्रकारकाे महत्त्वपूर्ण भुमिकाहुने भएकाले पत्रकार राज्यको चाैथाे अंग भएको उनले बताए ।
कार्यक्रमका विशेष अतिथि तथा ठुलिभेरी नगरपालिका वडा नं ३ का अध्यक्ष भक्त बहादुर भन्डारीले महासंघको भवन निर्माणकालागि सदरमुकाम दुन‌ैमा जग्गा व्यवस्थापनकालागि विशेष पहलगर्ने प्रतिवद्वता व्यक्त गरे ।
देशमा सुशासन कायमगर्न पत्रकारकाे महत्त्वपूर्ण भुमिका रहने उनकाे भनाइ थियाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ डाेल्पाका पुर्व अध्यक्षहरु बिष्णुप्रसाद देबकाेटा,बिष्णुलाल बुढा र बविकिशाेर गुरुङ्गलाई प्रमाणपत्र सहित सम्मान समेत गरिएको थियाे ।

प्रकाशित मिति : २०७९ पुष २ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?