२०८१ जेष्ठ २ गते बुधवार

जुम्ल्याहा दाजुभाइ शल्यक्रियापछि बने दिदी बहिनी, हजुरबुवाले सम्पत्ति बेचेर दिएका थिए सर्जरीको पैसा



ब्राजिल ब्राजिलमा बस्ने दुई जुम्ल्याहा दाजुभाइले आफ्नो जीवनमा धेरैजसो कुरा सँगसँगै गरे र दुबैले ट्रान्सजेन्डर शल्यक्रिया पनि गराएर रेकर्ड कायम गरेका छन् ।

१९ वर्षका यी जुम्ल्याहा शल्यक्रिया गरेपछि युवती बनिसकेका छन् ।

मायला र सोफियाका अनुसार उनीहरु वाल्यकालदेखि नै केटाले झैं महसुस गर्न नसक्ने भएकोले आफूहरुले शल्यक्रिया गराउने निर्णय लिएको बताए ।

ब्राजिलको दक्षिण–पूर्वी शहर ब्लूमेनोमा रहेको एक ट्रान्सजेन्डर सेन्टरमा दुबैले शल्यक्रिया गराएका छन् ।

यो सेन्टरका डाक्टर जोसे कार्लोसका अनुसार यो संसारको पहिलो यस्तो रिपोर्टेड केस हो ।

यो शल्यक्रियाको एक हप्तापछि नै दुबैले एएफपीसँग भिडियो कन्फरेन्समार्फत् अनुभव साझा गरेका छन् ।

अर्जेन्टिनामा मेडिसिनको पढाई गरिरहेकी मायलाले भनिन्, ‘मलाई सधैं आफ्नो शरीर राम्रो लाग्थ्यो तर म पुरुष भएर निकै असहज महसुस गर्दथेँ ।’

मायला र सोफियाले यौन हिंसा र उत्पीडन जस्तो स्थितीमा आफूहरु एक अर्काको सहारा बनेको बताए ।

साओ पाउलोमा सिभिल इन्जिनियरिङको पढाई गर्ने सोफियाका अनुसार ब्राजिलमा ट्रान्सफोबिया अत्यधिक छ ।

मानिसहरु यहाँ तेस्रो लिङ्गीलाई असाध्यै उत्पीडन गर्छन् ।

स्मरण रहोस्, नेशनल असोसिएशन अफ ट्रान्ससेक्सुएल्सको आँकडा अनुसार अघिल्लो वर्ष ब्राजिलमा १७५ जना मारिएका थिए । यो अन्य देशको तुलनामा असाध्यै धेरै हो ।

सोफियाले भनिन्, ‘हाम्रो निर्णयमा हाम्रो आमाबुवा निकै सहयोगी हुनुभयो तर उहाँहरुलाई मानिसहरुले हाम्रो भद्दा मजाक उडाउन सक्ने र हामीलाई उत्पीडन गर्न सक्ने डरले निकै सताउँथ्यो ।

मेरा हजुरबुवाले शल्यक्रियाका लागि पैसा दिएका थिए ।

२० हजार डलरको यो शल्यक्रियाका लागि उनले आफ्नो सम्पत्ति बेचिदिएका थिए ।’

स्मरण रहोस्, सोफिया र मायलाका आमाले उनीहरुलाई निकै समर्थन गर्छिन् ।

४३ वर्षकी स्कूल सेक्रेटरी लूसिया डा सिल्वा भन्छिन्, ‘मलाई सधैं लाग्थ्यो कि मेरा छोराहरु चिन्तामा छन् र म उनीहरुलाई

छोरीलाई झैं व्यवहार गर्दथेँ किनभने मैले यसो गर्दा उनीहरु निकै खुसी हुन्थेँ ।’

मायला र सोफियाले आफ्नी आमालाई एक बलियो सर्पोट बताउने गर्छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन १७ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?