२०८१ बैशाख ३१ गते सोमवार

मध्यराती डोल्पामा हिमपात , कृषक खुसी !



पुर्ण कुमार / नेपालब्रेक

मंसीर २७, डोल्पा

हिमाली जिल्ला डोल्पामा हिमपात भएको छ । डोल्पाको लगभग सबै ठाउँमा मंगलबार राती हिउँ परेको हो । मङ्सिरमै डोल्पामा हिमपात परेपछि जनजीवन निकै कष्ठकर बनेको छ ।

माथिल्लो डोल्पा सहित तल्लो डोल्पाको जुफाल, नर्कु, त्रिपुराकोट , पहाडा, लीकु , सर्मि, लगायत जगदुल्लाका अधिकांश स्थानमा हिमपात भएको छ । हिमपात भए सगै जिल्लाको उत्तरी क्षेत्रमा पर्ने शे- फोक्सुण्डो , डोल्पाेबुद्ध, छार्का ताङ्सोङ गाउँपालिका भित्रका बस्तीमा चिसो अत्याधिक बढेको छ भने आवतजावतमा समेत समस्या भै रहेको छ ।

हिमपात परे सगै डोल्पाका किसान भने हर्षित छन्। यस वर्षको पहिलो हिमपात भएको र यसले हिउदे बालिलाई राम्रो हुने स्थानीय कृषकहरुकाे भनाइ रहेको छ ।

हिउँदे वाली जौ, उवा, गौ, मसुरो लगायतका बालीलाई यस पटक परेको हिउँले उत्पादनमा राम्रो हुने स्थानीय कृषक जुन बहादुर सार्कीले बताएँ।

फोटो : मनराम ठकुल्ला

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?