२०८१ बैशाख ३० गते आइतवार

डोल्पाका क्रियाशिल सञ्चारकर्मी शाही सम्मानित!



पुर्ण कुमार/ नेपालब्रेक 

डोल्पा, वैशाख १५ 

डोल्पाका क्रियाशिल पत्रकार टेक बहादुर शाही सम्मानित भएका छन् । 

डोल्पाको जगदुल्ला गाउँपालिका निवासी पत्रकार शाहीलाई नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले सम्मान गरेको हो । 

शनिबार दैलेखको कोतगढीमा भएको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको ऐतिहासिक तेस्रो प्रदेश अधिवेशनको अवसरमा उनलाई सम्मान गरिएको हो । 

पत्रकारीता क्षेत्रमा उनले पुर्याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै  शाहीलाई सम्मान गरिएको हो । 

शाही विगत केही दशकदेखि पत्रकारितामा सक्रिय छन् । हाल उनी जिल्लामा  आफ्नै मीडिया हाउस (जैतून अनलाइन) खोलेर संचार क्षेत्रमा कलम चलाउँदै आइरहेका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?