
पुर्ण कुमार/ नेपाल ब्रेक
भदौ २०, डोल्पा :
नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई याे वर्षकाे राष्ट्रिय शिक्षक पुरस्कार तथा टुरिजम लाइफटाइम अवार्ड प्रदान गरिएको छ।देशैभरबाट छनोट गरिएका व्यक्तित्वहरू राष्ट्रपति रामचन्द्र पौडेल द्वारा मंगलबार उक्त अवार्डबाट सम्मानित भएका हुन्।प्रत्येक प्रदेशका उत्कृष्ट शिक्षकलाई प्रदान गरिने ‘उत्कृष्ट शिक्षक पुरस्कार २०८०’बाट कर्णाली प्रदेशबाट त्रिपुरा साधारण तथा प्राविधिक माध्यमिक बिधालय डाेल्पाका जय बहादुर बस्नेतलाई सम्मान गरिएको छ । डाेल्पाकाे जगदुल्ला गाउँपालिकामा जन्मिएका र साेही पालिकामा रहेकाे त्रिपुरा मा.बि का प्रधानाध्यापक समेत रहेका बस्नेत कर्णाली प्रदेशकाे १० जिल्लाका शिक्षकहरु मध्य उत्कृष्ट शिक्षक छनाैट भएका हुन । अध्ययनकाे हिसाबले स्नातकोत्तर तह हासिल गरेका बस्नेत गीत संगीत लगाएत अन्य क्षेत्रमा निकै अब्बल मानिन्छन भने सफल शिक्षक तथा प्रधानाध्यापककाे रुपमा चिन्न सकिन्छ ।कर्णाली प्रदेशबाट जय बहादुर बस्नेत लगाएत अन्य ६ प्रदेशका एक एक जना गरेर सात जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार २०८०’बाट सम्मान गरिएको हाे । प्रधानाध्यापक बस्नेतले उत्कृष्ट शिक्षक पुरस्कार सहित ५० हजार नगद र अध्यापन गराउने विद्यालयलाई १० हजार बराबरको शैक्षिक सामग्री प्राप्त गरेका छन ।