२०८१ बैशाख ७ गते शुक्रवार

काभ्रेको बेथानचोकमा बस दुर्घटना, १७ जनाको मृत्यु



 

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका ४ चलाल गणेशस्थानमा ‘रिजर्भ’ बस दुर्घटना भएको छ । ढुङ्खर्कबाट पनौती आउँदै गरेको बा ३ ख ४३८५ नम्बरको बस मङ्गलवार बेलुकी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले दुर्घटनामा 17 जनाको ज्यान गएकाे खबर आए पनि पुष्टि हुन भने बाँकी रहेकाे बताएकाे छ । अहिले दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल र बनेपाकाे शिर मेमोरियल अस्पतालमा ल्याउने काम भइरहेकाे छ ।

बनेपा नगरपालिका ११ बाट ब्रतबन्धका लागि बनेपा ५ च्याल्टी पुगेर फर्कँदै गरेकाे ‘रिजर्भ’ बस दुर्घटना परेकाे हाे ।

 

 

प्रकाशित मिति : २०७९ मङ्सिर २७ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?