२०८१ जेष्ठ २ गते बुधवार

भुकम्प प्रभावित क्षेत्रमा राहत सामग्री सहित अस्थायी टहरा निर्माण गर्न जाजरकोट पुगे मुड्केचुलाका जनप्रतिनिधि!



पुर्ण कुमार / नेपाल ब्रेक

मंसीर २१, डोल्पा

गत कार्तिक १७ गते मध्य राति जाजरकोटकाे रामीडाँडा केन्द्र बिन्दु बनाएर गएको बिनाशकारी भुकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा सयौंले ज्यान गुमाए।

उक्त विनाशकारी भुकम्पमा परी हजारौं घरहरू भत्किए, भुकम्पले कतिलाई घरबार विहिन बनायो त कतिको घर नै खोस्यो ।

यति खेर जाजरकोट र रुकुम पश्चिममा विभिन्न राजनीतिक दलहरुले भूकम्प पीडितहरुको लागि अस्थायी टहरा बनाइरहेका छन् । कतिले त राहत सामग्री सहयोग गरेका छन् त कतिले आर्थिक सहयोग समेत गरिरहेका छन् ।

यस्तैमा डोल्पाको मुड्केचुला गाउँपालिकाका सम्पुर्ण कार्यपालिका सदस्यहरुको टीम समेत राहत सामग्री सहित अस्थायी टहरा निर्माण गर्न जाजरकोट पुगेका छन् ।

जाजरकोट जिल्लाको नलगाड नगरपालिका ७ मा पर्ने चामाखेतमा गाउँपालिकाकाे तर्फ बाट ७ लाख बराबरको राहत सामग्री सहित अस्थायी टहरा निर्माण गर्न जाजरकाेट पुगेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त शाहीले बताए । नेपालब्रेक सग कुरा गर्दै उनले भने ” गाउँ कार्यपालिका सदस्यको सम्पुर्ण टीम १९ गते मंगलबार जाजरकाेट पुगेका हौ , जाजरकाेट पुगे लगत्तै राहत सामग्री सहित अस्थायी टहरा निर्माण कार्यमा निरन्तर लागिरहेका छौ । अझै ७/८ दिन बस्ने हाम्रो योजना रहेको छ ” ।

त्यस्तै नेकपा माओवादी केन्द्र डोल्पा जिल्ला कार्यसमितिकाे टीम समेत अस्थायी टहरा निर्माण गर्न जाजरकाेट जिल्ला पुगेको छ । कर्णाली प्रदेश सरकारका पुर्व मन्त्री तथा प्रदेश संसद वीरबहादुर शाही , केन्द्रीय सदस्य काली चलाऊने , जिल्ला पार्टी संयोजक धर्मजीत बोहोरा लगाएतकाे टीम जाजरकाेट जिल्ला पुगेका छन् ।

तस्बिर: पवन बुढा/ वडा अध्यक्ष

प्रकाशित मिति : २०८० मङ्सिर २१ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?