
काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता शेरबहादुर देउवाको नेपाली राजनीतिमा पुनः चर्चा चुलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा बिघटन गर्ने निर्णय अदालतले खारेज गरेपछि राजनीति वृतमा फेरि अनेकन आकँलन हुन थालेको छ ।
ज्योतिष तथा वास्तुविद सुरेश चन्द्र रिजालले पुन:देउवाको पालो आएको बताएका छन् । उनले भने,’अब प्रधानमन्त्री बन्ने पालो नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाकै हो ।’
२०७४ साल मंसिरमा रिजालले गरेको भविष्यबाणीलाई नै आधार मानेर देउवाले निर्वाचन पछि पुनः आफु नै प्रधानमन्त्री हुने भन्दै नेपाली जनतालाई बहुमत दिन आग्रह गरेका थिए ।
उक्त कुराले निक्कै चर्चा समेत पाएकाे थियाे । अहिले भविष्यबाणी गर्ने ज्याेतिषीकाे पनि उत्तिकै चर्चा र सामाजिक सञ्जालमा निक्कै खाेजी भइरहेको छ ।
तीन बर्ष अघि नै ज्याेतिषीले पुनः प्रधानमन्त्री बन्ने याेग रहेकाे भनेर भविष्यबाणी गरेकाे कुरा यतिबेला सत्य साबित हुन लागेकाले देउवाले राजनैतिक भेटघाटलाई तिब्र पारेका छन् ।
भने ओली समुहले उक्त भविष्यबाणी गर्ने ज्याेतिषीलाई कडा निगरानीमा राखेकाे स्राेतले जानकारी गराएकाे छ । हाल दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव सुरेश चन्द्र रिजालले नेता देउवाको ग्रह राशि तथा नक्षत्र केलाएर भविष्यबाणी गरेका थिए ।
२०७४ मा भविष्यबाणी गर्दा उनले निक्कै आलोचना खेप्नु परेको समेत रिजालले बताए । नेपालकाे पछिल्लो राजनीति देउवाको वरिपरि घुमेकाले पुनः देउवा प्रधानमन्त्री बन्ने लक्षण देखिएपछि भविष्यबाणी गर्ने ज्याेतिषीकाे चर्चा चुलिएको हाे ।
यतिबेला उनलाई फाेन तथा भेटेर बधाई दिइरहेका छन् । शास्त्रीय प्रमाणमा बाेलेकाले शास्त्र जहिले पनि सत्य नै हुने उनकाे दावी छ ।
यतिबेला विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले ज्याेतिषीलाई पटकपटक टेलिफोन मार्फत सम्पर्क गरिरहेकाे पारिवारिक स्राेतले बतायो । रिजाल अदालतले फैसला सुनाए देखि ब्यस्त छन् ।