२०८१ बैशाख ३० गते आइतवार

आगलागिमा परेर घाइते २ बालकको नेपाली सेनाको हेलीकप्टर मार्फत उद्दार, एकको उपचारको क्रममा मृत्यु




पुर्ण कुमार/ नेपालब्रेक
चैत्र ३०, डोल्पा।

डोल्पाको सु-सामुदायिक वनमा बिहीबार आगलागीमा परेर घाइते २ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ ।
घाइते भएका त्रिपुरासुन्दरी ०४ रंग घर भई कक्षा ४ मा पढ्ने १२ वर्षीय विवस बुढा, र १३ वर्षीय समन्त बुढालाई उपचारको लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरी कृष्ण केसीले जानकारी दिनु भयो।


घाइते बालकहरुलाई बिहीबार नै उद्दार गर्न खोजेको र खराब मौसमका कारण हेलीकप्टर आउन न सकेकोले उद्दार कार्यमा ढिलो भएको प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले बताउनु भयो।
उनीहरुलाई त्रिपुरासुन्दरी नगरपालिका , जिल्ला समन्वय समिति , जिल्ला प्रशासन कार्यालय सहित कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनु भयो।

घाइते भएका तीन जना मध्य आज विहान १० वर्षीय सुलस बुढाको उपचारको क्रममा जिल्ला अस्पताल डोल्पामा मृत्यु भइसकेको छ ।
बिहीबार दिउँसो सामुदायिक वनमा गुच्चि च्याउ खोज्न गएको बेला वनमा आगलागि भयसि उनीहरू घाइते भएका थिए ।
गत सोमबार मात्रै ठुलीभेरी ०४को मष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन गएका नेपाली सेनाको देविदत्त गुल्ममा कार्यरत ३ जनाको मृत्यु भएको थियो भने एकजना क्रितिपुर बर्न हस्पिटलमा उपचाररत छन् ।

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?