२०८१ बैशाख ७ गते शुक्रवार

६ सयौं खेलमा रोनाल्डोको गोल



पोर्चुगिज स्टार एवम्‌ युभेन्टस क्लबका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ६ सयौं लिग खेलमा गोल गरेका छन्।

युभेन्टसले इटालियन सिरीए मा स्पेजियामाथि ३-० को जित निकाल्दा रोनाल्डोले गोल गरे। यो उनले ६ सयौं खेलमा गरेको गोल हो।

पोर्चुगल, इंग्ल्याण्ड, स्पेनमा लिग खेलेका रोनाल्डो पछिल्लो समय इटालियन क्लब युभेन्टसबाट प्रतिष्पर्धा गरिरहेका छन् ।

जारी सिजनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका रोनाल्डोले लगातार १२ लिग सिजन २० अथवा त्यो भन्दा बढी गोल गरेका छन्। मंगलबार पनि उनले सिजनको २० औं गोल संभव बनाए।

२१ खेल खेलेका रोनाल्डो लिग शीर्ष गोलकर्ताहरूको सुचीमा रहेका छन् । सबै गोल दोस्रो हाफमा संभव भएको थियो। रोनाल्डो निर्धारित समय समाप्त हुन एक मिनेट बाँकी रहेको अवस्थामा गोल गरेका थिए।

टुरिनमा फेडेरिको बर्नार्डेस्चीको असिस्टमा अल्भारो मोरोटाले गोल गर्दै युभेन्टलाई ६२ औं मिनेटमा अग्रता दिलाएका थिए । त्यसको ११ मिनेटपछि फेडेरिको चिएसाले दोस्रो गोल गरेका थिए।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?