२०८० जेष्ठ २७ गते शनिवार

वैशाखमै चुनाव हुने सम्भवना अझै कति ?

नेताहरु भन्छन्, ‘नौटङ्की नै हो !’


काठमाडौं । ‘वैशाख १७ गते र २७ गते निर्वाचन हुन्छ । तोकिएको मितिभन्दा एक दिनपनि दायाँबाया हुदैन’, प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय विभिन्न ठाउँमा पटक–पटक भन्ने गरेको वाक्य हो यो ।

त्यतिमात्रै होइन गत पुस ५ गते प्रतिनिधिसभा विघटन र आगामी २०७८ वैशाखमा निर्वाचनको घोषणा गरसँगै निर्वाचन प्रक्रिया नरोक्न निर्वाचन आयोगलाई पटक–पटक भनिरहेका छन् । सरकारको निर्णयअनुसार आयोगले निर्वाचनको प्रारम्भिक तयारी समेत थालिसकेको छ ।

मङ्गलबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेर तयारी निरन्तर गर्न आयोगलाई आग्रह गरे । यसबाट ओलीले आफु निर्वाचनकै पक्षमा रहेको सन्देश दिने प्रयासमा छन् भन्ने त देखाउँछ तर वातावरण भने अलि भिन्न छ ।

कारण हो–वैशाखमा निर्वाचन ‘हुन्छ’ भन्नेमा स्वयम् राजनीतिक दलहरु, नागरिक समाज, बुद्धिजीवी र ठुलो तप्काका नेपाली जनता तयार र ढुक्क हुन नसक्नु । उनीहरु त्यो निर्वाचन भैहाले पनि संविधानविपरित र राष्ट्रिय पञ्चायतको निर्वाचनभन्दा फरक नहुने बताइरहेका छन् ।

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?