
डोल्पा २३ भदौ
कामको खोजीमा उपल्लो डोल्पा पुगेका पाचँ जना जाजरकोटका नागरिक दुई दिन देखि अचेत अवस्थामा रहेकाछन् ।
शे–फोक्सुण्डो गाउँपालिका वडा नं १ मा पर्ने निजाल गुम्बा पुनःनिर्माणका लागि पुगेका उनिहरु जोक नामक बिषालु जंगली साँग खाएपछि बेहोस भएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिए ।
बिरामि पर्नेमा नलगाड नगरपालिका ५ का बर्ष ३६ का बिष्णु कोसारी,सोही ठेगानाका बर्ष ३८ का टेकबहादुर वली,बर्ष १९ का नरेन्द्र वली,वडा नं ४ बस्ने बर्ष १८ का अजय वली र वडा नं ८ बस्ने बर्ष ३३ का शिबराज केसी रहेको प्रजिअ सुनारले बताए ।
अचेत भएका मध्ये नरन्द्र वलीले थोरै बोलेपनि बाँकी सबै अचेत अवस्थामै रहेको गाउँपालिकाका अध्यक्ष टसीटुण्डुप गुरुङ्गले जानकारी दिए ।
सोमबार बेलुकीको खानामा गुम्बा वरिपोरी पाइने स्थानीय साग ल्याएर पकाएर खाए लगत्तै सबैजना बेहोस भएको प्रहरीले जनाएको छ ।
स्थानीय स्वास्थ्यकर्मीले उपचारको प्रयास गरेपनि सम्भव नदेखिए पछि उद्धारका लागि सेनाको हेलिकप्टर बोलाइएको प्रजिअ सुनारले जानकारी दिए ।
अचेत अवस्थामा रहेका सबै जाजरकोटी नागरिकको उद्धारका लागि हेलिकप्टर जान लागेको संघिय सरकारका वन तथा वाताबरण मन्त्री शक्ति बहादुर बस्नेतले जानकारी दिए ।