२०८० चैत्र १६ गते शुक्रवार

यसबर्ष पनि नखुल्ने भए डोल्पाका यार्सापाटन



डोल्पा २६ बैशाख । काेराेना कहरका कारण अघिल्लो बर्ष बन्द गरिएका डोल्पाका सम्पुर्ण यार्सापाटन यस बर्ष नखुल्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला विपत व्यवस्थापन समितिको बैठकले निकुञ्ज क्षेत्र,सामुदायिक बन र राष्ट्रिय वन क्षेत्रमा पर्ने सम्पुर्ण यार्सापाटनहरु बन्द गर्ने निर्णय गरेको हो ।
देशमा कोराना भाइरस संक्रमणका तीब्र रुपमा बडिरहेकाले यार्सापाटन पुग्ने दशौँ हजार मानिसको जमघटबाट संक्रमण थप फैलिएर सयौँ नागरिकको ज्यान जानसक्ने खतरा बडेकाले जिल्ला स्थित सम्पुर्ण सुरक्षा निकाय,स्थानीय तहका प्रतिनिधि लगायतका सरोकारवालाको भेलाबाट यसबर्ष पनि जिल्लाका सम्पुर्ण यार्सापाटन पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए ।
वहुमुल्य जडिबुटी यार्सागुम्बाको अवैध चोरी निकाशि रोक्न नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी पचिालन गरेर पाटन भित्रने सम्पुर्ण नाकाहरु बन्द गर्ने निणर्य भएको प्रजिअ ढकालको बताए ।
यससँगै जिल्लाका आठवटै स्थानीय तहले अक्सिजन सहितका सुविधायुक्त आइसोलेसन बेड,क्वारेन्टाइनको,स्वास्थ्यर्कीको व्यवस्था गर्नुका साथै औषधि तथा एन्टिजिन किटहरु मौज्दात राख्नुपर्ने निर्णय समेत गरिएको छ ।
डोल्पाका दुई सय भन्दा धेरै यार्सापाटनमा यार्सागुम्बा पाइने गर्दछ ।
कोरोना भाइरस संक्रमणलाई न्युनिकरण गर्नकालागि डोल्पा प्रशासनले बैशाख २१ देखि ३१ गतेसम्मकालागि निषेधाज्ञा जारी गरेको छ ।

 

 

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?