२०८१ बैशाख ६ गते बिहिवार

डाेल्पामा मानवअधिकार जिल्ला समिति गठन,संयाेजकमा राेकाय !



रामचन्द्र न्याैपाने
डाेल्पा ६ चैत्र,हिमाली जिल्ला डाेल्पामा पाँचाै मानवअधिकार राष्ट्रिय कार्ययोजना जिल्ला समन्वय समिति गठन गठन गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर राेकायकाे संयाेजकत्वमा समिति गठन गरिएको हाे ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्काे कार्यालय सुर्खेतकाे परिपत्र अनुसार डाेल्पामा पनि पाँचाै मानवअधिकार राष्ट्रिय कार्ययोजना जिल्ला समन्वय समिति गठन गरिएको प्रमुख राेकायले जानकारी दिए ।
सदस्यहरुमा नगरप्रमुख,गाउँपालिका अध्यक्षहरु , प्रमुख जिल्ला अधिकारी ,जिल्ला समन्वय समितीका सदस्यहरु,शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख , स्वास्थ्य कार्यलय प्रमुख ,जिल्ला न्यायाधिवक्ता ,सुरक्षा निकायका प्रमुखहरु,बार एसोसियसनका प्रतिनिधि ,नेपाल पत्रकार महासंघ जिल्ला प्रतिनिधि ,गैरसरकारी सस्था महासङ्ग जिल्ला प्रतिनिधिहरु रहेकाछन् ।
जिल्ला समन्वय अधिकारी भने सदस्य सचिब रहने व्यवस्था रहेको छ ।

 

प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?