२०८१ जेष्ठ ११ गते शुक्रवार

८ करोड ८६ लाखमा कर्णाली प्रदेश सरकारले डोल्पामा दुइवटा बेलिब्रिज बनाउँदै





डोल्पा २३ माघ : हिमाली जिल्ला डोल्पामा पहिलो पटक प्रदेश सरकारले दुइवटा बेलिब्रिज पुल निर्माण गर्ने भएको छ ।
संघियता पछि डोल्पाका दुइ महत्वपुर्ण स्थानमा बेलिब्रिज पुल निर्माण गर्न लागिएको हो ।
एउटा डोल्पाको एकमात्र जिल्ला अस्पतालसम्म जोड्ने पुल र अर्को त्रिवेणी देखि जगदुल्ला जोड्ने सडकमा पुल निर्माण गर्न लागिएको हो ।
कर्णाली प्रदेश सरकारको लगानिमा संघियता पछि दश जिल्ला मध्ये डोल्पामा पहिलो पटक दुइ महत्वपुर्ण स्थानमा बेलिब्रिज पुल निर्माण गर्न लागिएको प्रदेश सभा सदस्य बिरबहादुर शाहीले बताए ।
अस्तालको पुलको बिषयमा निरन्तर आवाज उठिरहेकाले भौतिक पुर्वाधार मन्त्री,अर्थ मन्त्री लगायतका जनप्रतिनिधिहरुको विशेष सहयोगमा पुलकालागि बजेट स्विकृत गराउन सफल भएको उनको भनाइ छ ।
जिल्ला अस्पताल जोड्ने पुलकालागि अर्थ मन्त्रालयले ५ करोड ८८ लाख ९७ हजार बजेट र जगदुल्ला गाउँपालिका ४ मा पर्ने चिलिखारामा पुल निर्माणकालागि २ करोड ९७ लाख बजेट स्विकृत भएको छ ।
अबको एकसाता भित्रै दुइ वटै पुलको ठेक्का खुलाइने बताइएको छ ।
जिल्ला सदरमुकाम दुनै बजारबाट पारिपट्टी रहेको अस्पताल जोड्ने पुल नहुँदा बिरामीले समस्या भोग्दै आएका थिए ।
अस्पतालका जाेड्नेबेलिब्रिज पुल निर्माणकालागि बजेट स्वीकृत भएपछि अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कमल शाहीले खुशी व्यक्त गर्नुका साथै प्रदेश सरकारलाई धन्यवाद समेत दिए ।
यस अघि बिरामीलाई बजारसम्म एम्बुलेन्समा ल्याए पनि अस्पतालसम्म बोकेर लैजानु पर्दा समस्या हुने गरेको जिल्ला अस्पताल डोल्पाका डाक्टर अखण्ड उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?