२०८१ जेष्ठ ३ गते बिहिवार

डोल्पामा नेपाली सेनाको निशुल्क स्वास्थ्य शिविर : २ सय १८ जनाको उपचार




रामचन्द्र न्यौपाने,
डोल्पा १४ चैत्र : हिमाली जिल्ला डोल्पाको दुर्गम गाउँमा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको रामवाण गुल्मले त्रिपुरासुन्दरी नगरपालिका २ मा पर्ने रसीको गुम्बा गाउँमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
उत्तर पश्चिम पृतना सुर्खेत र जुम्ला बाहिनीको लक्ष्य अनुरुप चिकित्सक सहितको स्वास्य सेवा दिइएको गुल्मका सेनानी विज्ञान बिष्टले जानकारी दिए ।
डोल्पामा तीन बर्ष बसेको रामवाण गुल्म स्थापना भएको २१ बर्ष पुगेको अवसरका साथै सैनिक नागरिक समन्वय बडाउन पनि शिविर आयोजना गरिएको र यसमा जिल्ला स्वास्थ्य कार्यालयबाट पनि औषधि सहयोग भएको उनले बताए ।
शिविरबाट १०२ जना पुरुष र ११६ जना महिला गरेर दुई सय अठार जनाले निशुल्क स्वास्थ्य सेवा लिएकाछन् ।
नगरपालिका कार्यालय र जिल्ला सदरमुकाम दुनैबाट नजिक भएर पनि पिछडिएको गुम्बा गाउँमा औषधि सहितको शिविर आयोजना गरेपछि स्थानीयले सेनालाइ धन्यबाद दिए ।
निकुञ्जको संरक्षित क्षेत्र भित्र पर्ने गुम्बा गाउँमा जुम्लाबाट चिकित्सकको टोली बोलाएर पहिलो पटक सेनाले निशुल्क शिविर सञ्चालन गरेको हो ।
गाउँमै शिविर आयोजना भएपछि दुखी,गरिव विपन्न नागरिकले निशुल्क सेवा लिन पाउँदा खुशीको सिमानै नरहेको टसी रोम्जे गुम्बाका प्रमुख लामा निमा लामाले बताए ।
यस शिविरमा आउने सम्पुर्ण टोलीलाई खानबस्ने सम्पुर्ण ब्यवस्थापन व्यक्तिगत रुपमा गरेको उनको भनाइ छ ।
शिविर उद्घाटन कार्यक्रममा नगर प्रमुख जनचन्द्र रोकाय सहित प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहाल,शसस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक लिला बहादुर कार्की,अनुसन्धान प्रमुख मेघराज कँडेल लगायत पुगेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?