२०८१ बैशाख ३१ गते सोमवार

डोल्पाको ठुलीभेरीमा नगर स्तरीय प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भव्य रूपमा सम्पन्न ! 



पुर्ण कुमार/ नेपालब्रेक 

डोल्पा, वैशाख ११

हिमाली जिल्ला डाेल्पाकाे ठुलीभेरी नगरपालिकाद्वारा आयोजित प्रथम प्रथम नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता भव्य रूपमा सम्पन्न भएकाे छ। 

नगरपालिकाकाे केन्द्र जुफाल स्थित आदर्श माध्यामिक विद्यालयमा शुक्रबार देखि शुरू भएकाे प्रतियाेगिता मंगलबार भव्य रूपमा सम्पन्न भएकाे छ ।

पहिलो नगरपालिका स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा महिला तथा पुरुष भलिवल,लमजम्प,हाईजम्प,सटफुट, दौड १ सय मिटर,२ सय मिटर,८ सय मिटर र १ हजार ५ सय मिटरको प्रतियोगितामा कुल १६ वटा इभेन्ट्सहरु समावेश गरिएकाे थियाे ।

प्रतियोगितामा नगरपालिका भित्रका  ४ वटा माध्यमिक विद्यालयलका एकसय भन्दा बढी विद्यार्थी सहभागी भएकाे आदर्श माध्यामिक बिद्यालय जुफालका प्रधानाध्यापक बालकृष्ण डाँगीले बताउनु भयो।

कुल ९६ पदकका लागि भएकाे खेलहरूमा आदर्श मा.विले १६ स्वर्ण पदक  सहित ३१ पदक प्राप्त गरेर प्रथम हुँदै शिल्ड पनि हाशिल गर्न सफल भएकाे छ।

विद्यामन्दीर मा.वि मझफालले कुल १४ स्वर्ण गरि ३० पदक सहित दाेस्राे,लक्ष्मी मा.वि थरगाउँले २ स्वर्ण गरि २७ पदक सहित तेस्राे र सरस्वती मा.वी दुनैले जम्मा ८ वटामात्रै  पदक प्राप्त गर्न सफल भयाे जसमा स्वर्ण पदक भने जित्न सकेन।

आयाेजक आदर्श माविका प्र.अ बालकृष्ण डाँगीले प्रतियाेगिता भव्य र सभ्य रूपमा सम्पन्न भएकाे भन्दै विद्यालयलाइ अवसर प्रदान गरेकाेमा  नगरप्रमुख श्ववर्ण कुमार बुढा,उपप्रमुख छिरिङ्ग टोल्मा महत,प्रमुख प्रशासकिय अधिकृत सन्तोष बहादुर खड्कालाइ विशेष  आभार प्रकट गर्नुभयो । 

त्यस्तै नगरपालिका स्तरीय रनिङशिल्ड प्रतियोगितामा सहभागि भएर कार्यक्रमकाे शाेभा बढाएकाे भन्दै जिल्ला समन्वय प्रमुख श्याम बहादुर रोकया,प्रमुख जिल्ला अधिकारी तुलसि प्रसाद दाहाल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, पालिका भित्रका सम्पुर्ण वडाका अध्यक्षहरू सहितका जनप्रतिनिधि र कर्मचारी विद्यालय व्यवस्थापक रेफ्री सबैलाइ आभार तथा धन्यवाद व्यक्त गरे।

प्रथम राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा सबैभन्दा बढी स्वर्ण पदकका आधारमा एट्लेटिक्स सहितको शिल्ड – आदर्श मावि (ठुलो शिल्ड ) जुफाल,छात्र भलिवल तर्फको शिल्ड – विधामन्दिर मावि माझफाल, छात्रा मलिवल तर्फको शिल्ड – आदर्श मावि जुफालले जितेका थिए । 

एथलेटिक्स भलिवलको सबै विधामा सर्वोत्कृष्ट खेलाडीआदर्श माविकी छात्रा जुनु बुढा,  आदर्श माविकै छात्रा अनिशा रोकाया   छात्रा भलिवलमा बेस्ट प्लेयर  बनिन् । 

भलिवलमा बेस्ट प्लेयर छात्रतर्फ विद्या मन्दिर मावि मझफालका प्रदिप बोहरा बने । छात्रा भलिबल तर्फ लक्ष्मी माविकी छात्रा हरिदेवी रोकाया बनिन् ।

तयस्तै अनुशासन तर्फ आदर्श माविकी पुष्पा बुढा,  पुरुष इमर्जिंग प्लेयर तर्फ आदर्श मावि कै  विविध रोकया र  सरस्वती मावि दुवैका रोचक बुढा बने भने छात्रा तर्फ इमर्जिङ प्लेयर लक्ष्मी माविकी जमुना बुढा घोषित भइन् भने प्रतियोगितामा सबै भन्दा बढी स्वर्ण पदक आदर्श माविकी जुनु बुढाले जितेकी छन् ।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?