२०८१ जेष्ठ ३ गते बिहिवार

लड्डु खाने भाइहरू बूढानीलकण्ठमा पूजा गर्न गए होलान् भनेको त निवेदन चढाउन पो गएछन् : ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउन प्रचण्ड–माधव समूहलाई चूनौति दिएका छन् ।

आइतबार झापामा चीन नेपालमैत्री औद्योगिक पार्कको शिलान्यास‘ गर्दै ओलीले संसदमा अविश्वासको प्रस्ताव ल्याएर हटाउन चूनौति दिएका हुन् ।

‘उहाँहरु मसँग हात थाप्दै हुनुहुन्छ राजीनामा गरिदिनुस् भनेर,’उनले भने,‘हटाएर देखाउनुस्। अविश्वासको प्रस्ताव ल्याएर हटाउन सक्नुभएछ भने जनताबाट फेरि दुई तिहाइ बहुमत ल्याएर आइन्छ।’

प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदम सर्वोच्च अदालतले बदर गरेको विषयमा बोल्दै उनले आफूले गल्ती नगरेर जिन्दगीमा मुद्दा हार्दै आएको व्यक्ति भएको बताए ।

‘गल्ती नगर्ने तर मुद्दा हार्दै आएको हुँ। नेपाली जनताले मलाई प्रधानमन्त्री बनाइदिएको हो,’उनले भने,‘प्रतिनिधिसभा पुनःस्थापना भयो, राम्रै भयो।’

सत्ता सहकार्यका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेताहरुसँग दाहाल नेपालले भेट गरेको विषयमा बोल्दै उनले संसद् पुनःस्थापना भइसक्यो, अब प्रभुले प्रधानमन्त्री स्वीकार दिनुपर्यो भन्दै निवेदन हाल्न गएको टिप्पणी गरे।

उनले भने,‘चितवनको सभा छोडेर काठमाडौं फर्किएका प्रचण्ड–माधवहरु आफ्नो घर उत्तरतिर लाग्नुको साटो दक्षिणतिर लागे। कता जाने साप ?

भनेर सेक्युरिटीले सोध्यो। बूढानीलकण्ठ। बूढानीलकण्ठ भने पछि सेक्युरिटीले सोच्यो सुतिराखेको बूढानीलकण्ठको पाउमा पूजा गर्न पो जान लागेको सोचे।

सुतिराखेको हैन उठिराखेको बूढानीलकण्ठ पो लागे। गएर निवेदन हाले’ ओलीले भने,‘प्रभु संसद पुनःस्थापना भइसक्यो।

केपी ओलीलाई हटाउन त सकिदैन। बाटो छैन। प्रभुले प्रधानमन्त्री स्वीकार दिनुपर्यो। हामी सेवामा हाँजिर छौं।’

बल्ल बल्ब एकता गरेको पार्टी त्यो पनि फुटाएर हिँडेको भन्दै ओलीले प्रचण्ड–माधवलाई पद, पैसा र परिवार वाहेक अन्त कतै ध्यान नभएको आरोप लगाए।

लड्डु ख्वाइ गरेको अन्तर्वार्ता गरेको भन्दै उनले हिन्दी भाषामा प्रचण्ड–माधवले गरेको अन्तर्वार्ता प्रति कटाक्ष पनि गरे।

‘हामी छौं यो देशमा प्रधानमन्त्रीबाट हटाउँदै गर्दा मैल भनेको थिएँ। समय अन्त्य भएको छैन। म लड्डु खानेलाई भन्छु हामी यहीँ छौं,’ उनले भने।

राजेन्द्र महतोले प्रचण्ड नेपालप्रति दिएको अभिव्यक्ति पनि सुनाउँदै उनले त्यसप्रति पनि कटाक्ष गरे।

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?