२०७८ कार्तिक २ गते मङ्गलवार

के हो पेप्टिक अल्सर ?



पेटमा म्युकसको एक चिल्लो पत्र हुन्छ जसले भेटको भित्री पत्रलाई पेप्सिन र हाइड्रोक्लोरिक एसिडको कडापनबाट बचाँउछ । यो एसिडको विशेषता भनेको यो पाचनको लागि आवश्यक हुन्छ तर यहि एसिड शरीरका अन्य तन्तुको सिधा सम्पर्कमा आएमा त्यसले नोक्सान पनि हुन्छ ।

यो एसिड र म्युकस पत्रको बीचमा तालमेल हुन्छ । यो तालमेल बिग्रिएपछि अल्सर हुन्छ । व्यक्तिमा शारीरिक वा भावनात्मक तनाव पहिलेदेखि नै छ भने यसले पेप्टिक अल्सरलाई बढाउन सक्छ ।

त्यस्तै केही औषधिको लगातार प्रयोग जस्तो दुखाई निवारक औषधिको कारणले पनि अल्सर हुन सक्छ । सामान्य रुपमा अल्सर नली पेट र सानो आन्द्राको माथिल्लो भागको झिल्लीमा हुन्छ ।

अल्सरको कारण एच पायलोरी ब्याक्टेरिया

पेप्टिक अल्सरको सबैभन्दा प्रमुख कारण एच पायलोरी ब्याक्टेरिया हो । खानपान र पेटमा एसिड बन्नाले मात्रै पेप्टिक अल्सर हुँदैन बरु यसको लागि एच पायलोरी ब्याक्टेरिया पनि दोषी छ ।

यो ब्याक्टेरिया दिशा र फोहोर पानीबाट फैलन्छ । वर्षातको मौसममा दुर्गन्धको समस्या अरु मौसममा भन्दा धेरै हुन्छ । शारीरिक सक्रियता कम हुने र रोग प्रतिरोधी तन्त्रमा हुनेवाला परिवर्तन पनि यो ब्याक्टेरिया बनाउन सहायक हुन्छ । धेरै तारेका चिल्लो र मसालेदार खानाको साथै चिया कफीको धेरै सेवन गर्नाले पनि पेटमा एसिडको स्तर बढाउँछ ।

अल्सरको लक्षणमा एसिडिटी हुने, पेट फुल्ने, ग्याँस बन्ने, पखाला लाग्ने, कब्जियत, वान्ता हुने आदि प्रमुख हुन ।

पेप्टिक अल्सर भएमा श्वासप्रश्वासमा पनि समस्या हुन्छ । पाचनमा समस्याको कारण कहिलेकाँही एसिड आहारनलीमै आउँछ । जसले टाउको दुख्ने र दुखाई महसुस हुन्छ र यस्तो लाग्छ कि मुटु सम्बन्धी कुनै रोग लागेको छ । यसको असर घाँटी, दाँत, श्वास आदिमा पर्न थाल्छ ।

समयमै उपचार गर्नु जरुरी

पेप्टिक अल्सरको कारण एनिमिया, दिशा गर्दा रगत आउने हुन्छ र लामो समयसम्म अल्सर निको नभएमा पेटको क्यान्सरको आशंका पढ्छ । आन्तरिक रक्तश्राव हुने कारणले शरीरमा रगतको कमी हुन्छ ।

पेट वा सानो आन्द्राको पर्खालमा प्वाल पर्छ जसले आन्द्रामा गम्भिर संक्रमणको खतरा बढ्छ । पेप्टिक अल्सरले पेटको तन्तुहरुलाई पनि क्षतिग्रस्त गर्न सक्छ जसले पाचन मार्गमा भोजन प्रवाहमा बाधा पुर्याउँछ यसै कारण पेट छिटै भरिने उल्टी हुने र तौल कम हुने समस्या हुन्छ ।

के नगर्ने ?

-पेप्टिक अल्सरबाट बच्न छ भने धुम्रपान नगर्नुहोस् ।

-तमाखुयुक्त पदार्थबाट टाढै रहनुहोस् ।

-मांसाहार, क्याफित तथा मदिराको सेवन नगर्नुहोस् ।

-चिल्लो, पिरो र मसालेदार भोजबाट बच्नुहोस्

२. शरीरमा हुन नदिनुहोस् आइरनको कमी

बच्चालाई जन्म दिएपछि धेरै महिलाहरुलाई कुपोषणको समस्याबाट गुज्रिनुपर्छ । बच्चा जन्मेलगत्तै कुपोषणको नराम्रो असर आमा र बच्चा दुवैमा पर्छ । गर्भावस्थाको क्रममा र त्यसपछि हुने कुपोषण बच्चाको लागि घातक हुन सक्छ ।

गर्भावस्था पनि कुपोषणको कारण

स्तनपान यसको सबैभन्दा पहिलो र मुख्य कारण हो । बच्चालाई दुध पिलाउने आमालाई दैनिक कम्तीमा पनि दैनिक १००० क्यालोरी उर्जाको आवश्यकता हुन्छ । धेरै महिलाहरुलाई यसबारेमा थाहा हुँदैन त्यसै कारण उनीहरु डिहाइड्रेशन, भिटामिन वा मिनरल्सको कमी र कहिलेकाँही रगतको कमीको पनि शिकार हुन्छन् ।

बच्चाको जन्मभन्दा पहिले र पछि भिटामिनको सेवन गर्नु धेरै आवश्यक छ । फोलिक एसिड पानीमा घुलेर शरीरबाट बाहिर निस्कन्छ । जस कारण धेरै जसो बच्चा जन्मिएपछि महिलाहरु फोलिक एसिडको कमीको कारण एनिमियाबाट ग्रस्त हुन्छन् । त्यसैले फोलिक एसिडयुक्त खानेकुराहरु जस्तै हरियो सागसब्जी, सुन्तला, कागती जस्ता खानेकुरा खानुपर्छ ।

नवजात शिशुको लागि जोखिम

गर्भवती महिलाहरुमा कुपोषणको नराम्रो असर उनीहरुको पेटमा बढीरहेका बच्चामा पर्छ । बच्चाको विकास ठिक ढंगले हुँदैन र जन्मको समयमा उनीहरुको तौल सामान्यभन्दा कम हुन्छ ।

गर्भावस्थाको क्रममा कुपोषण र जन्मको समय कम तौलको नराम्रो असर बच्चामा पर्छ जसको विभिन्न परिणामहरु हुन सक्छन् । यदि गर्भावस्थाको क्रममा आमालाई पोषणको कमी भएको छ भने बच्चाले आफ्नो जीवनमा निम्न रोगहरुको सामना गर्नुपर्छ

बच्चालाई अस्टियोपोरोसिस, क्रोनिक किड्नी फेल्यर, मुटुरोग, टाइप २ मधुमेह, फोक्सोको रोग आदि लाग्ने समस्या हुन्छ ।

आमाको लागि समस्या

यदि गर्भावस्थाको क्रममा आमामा पोषणको कमी छ भने यो घातक पनि हुन सक्छ । यस बाहेक बच्चाको जन्म समयभन्दा अगाडि हुनु, गर्भपात जस्ता समस्याहरु हुन सक्छ ।

महिलाहरुमा अरु पनि धेरै समस्याहरु हुन्छन् जस्तै संक्रमण, एनिमिया अर्थात रगतको कमी उत्पादकतामा कमी सुस्टी र कमजोरी आदी

कुपोषणलाई कसरी रोक्ने ?

कुपोषणलाई सन्तुलिन आहारको सेवनबाट रोक्न सकिन्छ । महिलाहरुलाई गर्भावस्थाको क्रममा पर्याप्त मात्रामा फलफूm, सागसब्जी, पानी, फाइबर, प्रोटिन, बोसो एवम् कार्बोहाइड्रेटको सेवन गर्नुपर्छ ।

पोषण सम्बन्धी आवश्यकता

आइरन

शरीरमा हेमोग्लोबिन बनाउनको लागि आइरन धेरै आवश्यक छ । हेमोग्लोबिन रातो रक्तकोषहरुमा पाइन्छ जसले पुरै शरीरिमा अक्सिजन पुर्याउँछ । यदि हाम्रो शरीरमा रातो रक्तकोषहरुको कमी भएमा सबै अंगसम्म अक्जिसन पर्याप्त मात्रामा पुग्दैन ।

तपाईं आइरनको सेवन ठिकसँग गर्नुहुन्न भने विस्तारै विस्तारै हेमोग्लोबिनको कमी हुन थाल्छ र तपाईं एनिमिक हुनुहुन्छ । तपाई आफ्नो शरीरमा उर्जाको कमी महसुस गर्नुहुन्छ । तपाईंको शरीरमा रोगसँग लड्ने तागत हुँदैन ।

बच्चालाई जन्म दिए पछि धेरै जसो महिलाहरु थकान र कमजोरी महसुस गर्छन् । यस्तोमा उनीहरले आइरनयुक्त खानेकुराको सेवन गर्नुपर्छ । बच्चाको जन्मको क्रममा महिलाहरुको धेरै रक्तश्राव हुन्छ र यसैकारणले रगतको कमी हुन्छ त्यसैले आफ्नो आहारमा पर्याप्त मात्रामा आइरन समावेश गर्नुहोस् ।

ग्लुकोज

शरीरमा आइरनको सही अवशोषणको लागि ग्लूकोज पनि धेरै महत्वपूर्ण छ । यसले आइरनलाई तिव्र रुपमा अवशोषण हुनुको साथसाथै शरीरलाई उर्जा पनि मिल्छ ।

बच्चाको जन्म पछि धेरै महिलाहरु एकदम आफ्नो तौल कम गर्न चाहन्छन् । जुन कारणले उचित आहारको सेवन गर्न पाउँदैनन् । यो हानीकारक हुन सक्छ । स्तनपान गराउनाले तौल आँफै कम हुन्छ ।

जबकी स्तनपान गाउने आमालाई दैनिक ३०० अतिरिक्त क्यालोरी को आवश्यकता हुन्छ ।

यसैले सन्तुलित आहारको साथसाथै व्यायाम गर्नुहोस् र अतिरिक्त क्यालोरीको सेवनबाट बँच्नुहोस् । यदि नर्मल डेलिभरी भयो भने तपाईं बच्चालाई जन्म दिएको केही समयपछि हल्का व्यायाम सुरु गर्न सक्नुहुन्छ । तर, सी सेक्सन पनि ६ सातासम्म व्यायाम गर्नुहुन्न ।

प्रकाशित मिति : २०७७ माघ २४ गते शनिवार